Comments Add Comment

श्रद्धासँग नयाँ घरमा बस्दै फरहान

farhan-and-shradha
बलिउडमा यो बर्ष प्रेम र डिभोर्सका धेरै खबर सार्वजनिक भैरहेका छन् । प्रेमको यात्रामा दौडिरहेका निर्देशक फरहान अख्तर र नायिका श्रद्धा कपुरको खबर पनि अहिले बी टाउनका लागि चर्चाको बिषय बनेको छ ।

फरहानको घरमा श्रद्धालाई धेरै पटक भेटिएको खबर सार्वजनिक भैसकेका छन् । फरहान आफ्नी पत्नी अधुनासँग डिभोर्सको बाटोमा छन् । चलचित्र ‘रक अन २’को छायांकनदेखि नै यी दुइको प्रेम चर्चा सुरु भएको हो । अब, यो प्रेम चर्चाले नयाँ बाटो लिने भएको छ ।

नयाँ खबर अनुसार फरहानले बान्द्रामा नयाँ घर किनेका छन् । यो घरमा उनी प्रेमिका श्रद्धासँग बस्न लागेको खबर सार्वजनिक भएको छ । फरहान र श्रद्धाले आफूहरुको प्रेमलाई नयाँ तरिकाले अगाडि बढाउन लागेको देखिन्छ ।

भारतीय मिडियामा सुरु भएको यो गसिपलाई श्रद्धा र फरहानले कसरी जवाफ दिन्छन्, यो भने प्रतिक्षाको बिषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment