+
+

स्थानीयवासीले अवरोध गरेपछि हेवा खोला ‘ए’ परियोजना ठप्प

रासस रासस
२०७३ मंसिर ११ गते १०:५५

hewa-khola
११ मङ्सिर, पाँचथर । हेवा खोला जलविद्युत् परियोजना ‘ए’ का लागि स्थानीयवासी र पाँचथर पावर कम्पनीबीच भएको सम्झौता कार्यान्वयन नभएको जनाई स्थानीयवासीले अवरोध गरेपछि परियोजनाको काम ठप्प भएको छ ।

स्थानीयवासीले केही दिनदेखि कार्यालयको मूलढोकामै तालाबन्दी गरेका छन् । परियोजनाको कार्य क्षेत्रभित्र कालो झन्डा समेत गाडिएको छ । वार्ताका लागि प्रहरी प्रशासनले बोलाए पनि स्थानीयवासी वार्तामा बस्न नमानेको कम्पनीले जनाएको छ ।

परियोजना सञ्चालनका क्रममा लिखित र मौखिक रुपमा भएका सम्झौतामध्ये केही मात्रै पूरा भएका र बाँकी धेरै माग सम्बोधन नगरिएका कारण यथाशक्य सम्झौता बमोजिमको माग पूरा गर्नुपर्ने उनीहरुको भनाइ छ ।

स्थानीयवासी विनय रम्तेलले भने, “स्थानीयस्तरमा हाइड्रो सञ्चालन गर्नका लागि बनेको कम्पनीको विधान तथा ऐन सार्वजनिक गर्नुपर्ने, स्थानीयका लागि तत्काल सेयर निष्काशन गर्नुपर्ने, प्रभावित क्षेत्र याङ्नामको विद्युत् व्यवस्थापन गर्नुपर्ने, खानेपानी, सिँचाइ कुलोको व्यवस्था गरिदिनुपर्ने, सुरुङले गर्दा पहिरो बगेको क्षेत्रमा अनुगमन गरी क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने लगायत १५ बुँदे माग अघि सारेर आन्दोलनमा उत्रेका छौँ ।”

हाम्रा माग पूरा नहुन्जेल आफ्नो आन्दोलन चलिरहने उनले बताए । उनीहरुले जिल्ला प्रशासन कार्यालय तथा राजनीतिकदल, सङ्घ संस्था तथा पाँचथर पावर कम्पनीलाई आफ्ना माग पूरा गर्न ज्ञापनपत्र समेत बुझाइसकेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?