+
+

नेपालमै पहिलोपटक २० ‘मिट मार्ट’ खुल्दै

सरकारको ७० प्रतिशत अनुदान

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ११ गते १८:३३

meat-mart
११ मंसिर, काठमाडौं । यसैवर्ष काठमाडौं सहित विभिन्न शहरी क्षेत्रमा २० वटा ‘मिट मार्ट’ अर्थात मासुका व्यवस्थित बजार स्थापना हुने भएका छन् । सरकारले नेपालमै पहिलोपटक खुल्ने व्यवस्थित मिट मार्ट स्थापना गर्नेलाई ७० प्रतिशत अनुदान दिन लागेको छ ।

पशुपंछी विकास मन्त्रालयले अनुदानका लागि ‘मिट मार्ट’ को बिजनेश प्लान बुझाउन सार्वजनिक सूचना गरेको थियो । त्यसअनुसार मन्त्रालयमा मिट मार्टका लागि अनुदान माग्दै थुप्रै आवेदन परेका छन् ।

अब ती बिजनेश प्लानको मूल्यांकन गरेर उचित परियोजनाका लागि सरकारले अनुदान दिने मन्त्रालयका प्रवक्ता श्याम पौडेलले अनलाइनखबरलाई जानकारी दिए । उनकाअनुसार एउटा मिटमार्टका लागि मन्त्रालयले १० लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउनेछ । बाँकी लगानी भने लगानीकर्ता आफैंले गर्नुपर्नेछ ।

‘शहरमा व्यवस्थित रुपमा मासु तथा मासुजन्य पदार्थको बिक्री गर्ने ठाउँको अभाव देखियो । त्यसैले अब मिट मार्टको अवधारणा विकास र विस्तारका लागि अनुदान दिन लागेका हौं’ पौडेलले भने-‘अनुदानबाट प्रोत्साहित भएर मिट मार्टमा लगानी आउनेछ । यसले शुद्ध मासु खोज्नेहरुका लागि पनि सहयोग पुग्नेछ ।’

सरकारले मासु र मासुजन्य पदार्थको मात्रै गर्ने गरी मिट मार्टको अवधारणा बनाएको हो । यसमा मासुका फाष्टफुड लगायतका परिकार पनि राख्न सकिने छ । त्यसैगरी मासुबाट बनेका अन्य सामग्री पनि यसमा राख्न सकिनेछ ।
काठमाडौंमा मात्रै यो वर्ष यस्ता मिट मार्ट झण्डै ८देखि१० वटा खुल्नेछन् । २० वटामा बााकी मिटमार्ट भने उपत्यकाबाहिर खुल्ने गरी अनुदान दिँइदैछ ।

मिटमार्टको सञ्चालनका लागि मन्त्रालयले छुट्टै कार्यविधि पनि बनाएको छ । कार्यविधि अनुसार मापदण्ड पुर्‍याएर खोलिने मिट मार्टमा शुद्ध मासु पाइने ग्यारेन्टी गर्न सकिने प्रवक्ता पौडेेलले बताए ।

मिटमार्टलाई कस्तो ‘आइडिया’ ले फरक ढंगले चलाउने भन्ने सञ्चालकमै भर पर्ने सरकारले जनाएको छ । तर, सरकारी मापदण्ड भने ती मिट मार्टले पुर गर्नैपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?