Comments Add Comment

साझा आजदेखि नयाँ रुटमा, अपांगमैत्री बसले कहाँ-कहाँ सेवा दिन्छन् ?

Sajha_ New_Bus
१२ मंसिर, काठमाडौं । साझा यातायातले अाजदेखि ३० नयाँ अपाङ्गमैत्री बसमार्फत सेवा थालको छ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले एक कार्यक्रमका बीच साझाका नयाँ  बसको सेवा औपचारिकरूपमा सुरुवात गरेका छन् ।

अाइतबार बिहान १० बजेदेखि काठमाडौं उपत्यकाभित्र तय भएको नयाँ रुटमा साझा बस सञ्चालन गरेको । गत मंसिर १ नै यातायात व्यवस्था विभागबाट साझाले नयाँ रुट अनुमति पाएको थियो ।

साझाले नयाँ रुटसहित पुरानोमा विस्तार गरेर ४ वटा रुटका लागि इजाजत पाएको छ । नयाँ रुटअनुसार अाजदेखिअन्तर्राष्ट्रिय बिमानस्थलमा झरेका यात्रुले आफ्नो लगेज साझा बसमै राखेर नयाँबसपार्कसम्म पुग्न सक्नेछन् ।

यसले विशेष गरेर विदेशबाट फर्किनेहरु बढी लाभान्वित हुनेछन् । साझाले आन्तरिक टर्मिनलबाट अन्तर्राष्ट्रिय टर्मिनल हुँदै नयाँबसपार्कसम्म सेवा थाल्दैछ ।

साझाले काठमाडौं महानगरपालिको सेयर स्वामित्वमा ३० वटा नयाँ बस किनेर ल्याएको हो ।

साझा चल्ने नयाँ रूट कुन-कुन ? 

रुट नम्बर १ः लगनखेबाट जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-बसुन्धरा-सामाखुसी-नयाँबसपार्कसम्म बस चलेका छन्। यो रुटबाट गएका बस फेरि सोही रुटबाट फर्किनेछन् । यो रुटमा १० वटा बस सञ्चालनमा अाएका छन् ।

रुट नम्बर २ः एयरपोर्टभित्रबाट तिलगंगा-गौशाला-रातोपुल-जैनभवन-डिल्लीबजार-चारखाल-बागबजार- पुरानो बसपार्क- सहीदगेट- एनएसी-न्युरोडगेट-जमल-लैनचौर- ठमेल- सोह्रखुट्टे-नयाँ बजार-बनस्थली-बालाजुचोक-बाइपास-नयाँबसपार्कसम्म बस चल्न थालेको छ । यो रुटबाट गएका बस पनिसोही रुटबाट फर्किनेछन् । यो रुटमा साझाका १० वटा बस सञ्चालनमा अाएका छन् ।

sajha-bus-routes-final

रुट नम्बर ३ः यो पूर्ण रुपमा नयाँ रुट हो । कोटेश्वरबाट तीनकुने-मिनभवन-नयाँबानेश्वर-बबरमहल-माइतिघर-सिंहदरबार-सहीदगेट-त्रिपुरेश्वर-टेकु-कालीमाटी-सोल्टीमोड-रवीभवन-कलंकी-सीतापाइला- स्वयम्भुसम्म साझाले बस चलाएको छ । यो रुटबाट गएका बस फेरि सोही रुटबाट फर्किनेछन् । यसमा पनि १० वटै बस सञ्चालनमा अाएका छन् ।

रुट नम्बर ४ः यो रुटको बस ग्वार्कोबाट छुट्नेछ । बीएण्डबी हस्पीटल-सातदोबाटो-पाटन औद्योगिक क्षेत्र- लगनखेल-जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-गंगालाल हस्पीटल-न्युरो हस्पीटल-गोल्पुटार-हात्तिगौंडा-चपली हुँदै नारायणथानसम्म्म साझा बस सञ्चालन भएका छन्। यो रुटबाट गएका बस पनि सोही रुटबाट फर्किनेछन् । यो रुटमा ८ वटा बस सञ्चालनमा अाएका छन् ।

साझाले अाजदेखि काठमाडौंमा ३८ वटा बस चलाएको छ । साझाका ८ वटा बसले काठमाडाैंबाट गोरखा, बाग्लुङ, भैरहवा र वीरगञ्जका यात्रुलार्इ पनि सेवा दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment