+
+

आजका पत्रपत्रिकामा सम्पादकीय र विचारः ‘एमालेले महेन्द्रकालीन राष्ट्रवादको नक्कल गर्‍यो’

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १२ गते ७:२१

writing1१० मंसिर, काठमाडौं । आज  काठमाडौं उपत्यकाबाट प्रकाशित दैनिक पत्रपत्रिकाले संविधान संशोधन लगायतका विषयमा विचार र सम्पादीय प्रकाशन गरेका छन् ।

आजको नागरिक दैनिकमा संविधान संशोधनको विकल्प शीर्षकमा रघुनाथ लामिछानेको विचार प्रकाशन भएको छ भने त्यहीँ पर ललितपुर शीर्षकमा गुणराज लुइटेलको स्तम्भ छापिएको छ । त्यस्तै डा. विजय सुब्बाको खराब अंगीकृत कि वंशज शीर्षकमा विचार प्रकाशन भएको छ ।  आजको नागरिक दैनिकले घरजग्गामा लगानी शीर्षकमा सम्पादनकीय लेखेको छ ।

Bimalendra-Nidhiकान्तिपुर दैनिकमा गृहमन्त्री विमलेन्द्र निधिको ‘एमालेले महेन्द्रकालीन राष्ट्रवादको नक्कल गर्यो’ शीर्षकमा अन्तरवार्ता छापिएको छ । उनले संशोधनलाई एमालेले बाध्य भएर मान्ने कुराकानीमा बताएका छन् ।  स्थानीय तहको खर्च व्यवस्थापनको चुनौती भन्दै डा. खिमलाल देवकोटाको लेख प्रकाशन गरेको छ । डा. रेणु अधिकारीको मानसिक हिंसा अझै विकराल शीर्षकमा लेख आजको कान्तिपुरमा प्रकाशित भएको छ । कान्तिपुरले सामुदायिक विद्यालयको खस्कँदो गुणस्तरबारे सम्पादकीय लेखेको छ ।

आजको अन्नपूर्णमा फिडे क्यास्ट्रो शीर्षकमा सम्पादकीय छापिएको छ । डा. युवराज संग्रौलाको भारतीय राज्य पुनर्गठन नीति शीर्षकमा विचार प्रकाशन भएको छ । त्यस्तै डा. सुरेन्द्रराज देवकोटाको कुलिनको प्रतिस्पर्धा र यसकारण बन्दैन पञ्चेश्वर भन्दै पत्रकार विकास थापाको लेख प्रकाशन भएको छ । डा. कृष्ण पौडेलले सहकारी र सामाजिक उत्तरदायित्वबारे कलम चलाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?