१२ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ । र, शीर्ष स्थानमा उक्लिएको छ ।
सुरुवातमा नै गोल खाएको चेल्सीले उत्कृष्ट पुनरागमन गर्दै टोटनह्यामलाई २–१ गोल अन्तरले हराएको हो ।
स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा टोटनह्यामले ११ औं मिनेटमा नै इरिक्सनको गोलबाट अग्रता लिएको थियो । र, पहिलो हाफको अन्तिमसम्म घरेलु टोलीमाथि दबाव कायमै राखेको थियो । तर, अन्त्यमा गोल खानपुग्यो ।
पहिलो हाफको निर्धारित समयको अन्तिम मिनेटमा चेल्सीका पेड्रोले बराबरी गोल गरे । दोस्रो हाफको सुरुमा नै चेल्सीले अग्रता लियो । ५१ औं मिनेटमा भिक्टर मोसेसले गोल गर्दै घरेलु टोलीलाई २–१ अग्रता दिलाए ।
टोटनह्यामका किपर ह्युगो लोरिस र यान भटोङगन दुबैले मोसेसलाई रोक्ने प्रयास नगरेका होइनन्, तर चेल्सीलाई लिगमा सातौं जित हात पार्न रोक्न सकेनन् ।
२४ सेप्टेम्बरमा आर्सनलसँग ३–० ले हार्दा चेल्सी लिगको दशौं स्थानमा थियो । र, लिग लिडर म्यानचेष्टर सिटी भन्दा ८ अंकले पछाडि थियो । प्रशिक्षक एन्टोनिओ कोन्टे खेलपछिको पत्रकार सम्मेलनमा निकै भावुक देखिए तर, बाचा पनि गरे कि क्लबलाई सही ट्राकमा ल्याउँछु । नभदै उनले त्यो गरेर नै देखाएका छन् ।
प्रतिक्रिया 4