+

विश्व क्रकेट लिगः नेपाल र केन्याको खेल फागुन अन्तिम साता

२०७३ मंसिर  १२ गते १०:१२ २०७३ मंसिर १२ गते १०:१२
विश्व क्रकेट लिगः नेपाल र केन्याको खेल फागुन अन्तिम साता

nepal-vs-kenya१२ मंसिर, काठमाडौं । विश्व क्रिकेट लिग च्यम्पियनसिप अन्तरगत नेपाल र केन्याको खेल फागुन अन्तिम साता हुने भएको छ ।

अन्तर्राष्ट्रिय त्रिकेट काउन्सिल आईसीसीले फागुन २८ र ३० अर्थात मार्च ११ र १३ मा खेलाउने प्रस्ताव गरेको हो । यसको विकल्पमा चैत ५ र ७ गते अर्थात मार्च १८ र २० पनि प्रस्ताव दुबै देशलाई गरिएको छ ।

क्रिकइन्फोले पनि आफ्नो खेल तालिकामा नेपाल र केन्याबीचको खेल मार्च ११ र १३ मा हुने उल्लेख गरेको छ ।

तर, आईसीसीले औपचारिक घोषणा गर्न बाँकी छ । नेपाल क्रिकेट संघ स्रोतका अनुसार खेल फागुन २८ र ३० मा हुने सम्भावना छ ।  तर, स्थान भने तय भइसकेको छैन । यो नेपाल होम गोम हुनु पर्ने हो । तर, नेपाल क्रिकेट संघ आईसीसीको निलम्बनमा छ ।

यदि नेपालमा खेल गर्ने हो भने नामिबियासँगको खेलमा जस्तै आईसीसी आफैंले व्यवस्थापन गर्नु पर्ने हुन्छ । र, खेल नेपालमा नै आयोजना गराउन पहल भइरहेको बताइएको छ ।

चौथो चरणको खेल सकिँदासम्म नेपाल ६ अंकसहित छैटौं स्थानमा छ । र, शीर्ष चारमा परेर विश्वकप छनौट खेल्ने सम्भावना जिवितै राख्न अबका खेलहरु जित्नै पर्ने दबाव छ ।

नेपाल. नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय