Comments Add Comment

पूर्वमा ठप्प रहेको अलैची कारोबार पुनः सुचारु

aalashi-karobar१४ मंसिर ताप्लेजुङ । भारतीय सरकारले ५ सय र १ हजार दरका भारतीय नोटमा बन्देज लगाएपछि पूर्वमा ठप्प बनेको अलैंचीको कारोबार पुनः सुरु भएको छ ।

नेपाल अलैँची ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपालका अनुसार भारु पाँचसय र एक हजारको नोट सटही गरी भारतीय व्यापारीले रकम जोहो गरेकाले पुन अलैचीको कारोबार सुरु भएको हो ।

नोटमा बन्देज लगाएपछि भारतीय व्यापारीले प्राविधिक कारण देखाउँदै अलैंची किन्न नआएपछि नेपालका व्यवसायीले सुचना निकालेरै कारोबार बन्द गरेका थिए ।  अहिले झापाको विर्तामोडमा प्रति मन ५४ हजार र ताप्लेजुङमा ५२ हजारमा अलैचीको कारोबार भइरहेको व्यवसायीहरुले बताएका छन् ।

यसअघि अलैंची कारोबार ठप्प हुँदा सबै भन्दा धेरै अलैची उत्पादन हुने ताप्लेजुङसहित, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा लगायत पूर्वकाका  किसान मारमा परेका थिए । अलैची कारोबार गर्ने समयमा भारतीय नोट प्रतिबन्ध भएपछि अलैची निर्यात १० प्रतिशतमा सीमित भएको थियो ।

कृषिजन्य वस्तुमध्ये सबैभन्दा महँगोमा भारतीय बजारमा बिक्ने अलैंची हो । नेपालमा वार्षिक करिब पाँच हजार मेट्रिक टन अलैंची उत्पादन हुने गरेको छ । यसको ९८ प्रतिशत भारत निर्यात हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment