+
+

कोलम्बियामा दुर्घटनाग्रस्त बिमानः जसमा मेस्सीसहित अर्जेन्टिनी टिमले हालै यात्रा गरेको थियो

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १४ गते १३:५०

accident-plane

१४ मंसिर, काठमाडौं । ब्राजिलियन खेलाडीहरुसहित ७६ जनाको ज्यान जानेगरी भएको दुर्घटनाग्रस्त बिमानमा अर्जेन्टाइन सुपरस्टार लियोनल मेस्सीले हालसालै यात्रा गरेको खुलेको छ । बार्सिलोनाले यसको पुष्टि गरेको हो ।

दुर्घटनामा परेको त्यस चार्टर प्लेनले ब्राजिलको चापेकोएन्सी फुटबल क्लवका खेलाडी र अफिसियललाई बोकेर बोलिभियाबाट कोलम्बियाका लागि उडेको थियो । दक्षिण अमेरिकी क्लव फुटबलको फाइनलका लागि उनीहरु कोलम्बिया जाँदै थिए ।

arjentina-vs-brasil

अर्जेन्टिनाको खेलपत्रिका स्पोर्टले जनाएअनुसार मेस्सी र अर्जेन्टिनाको राष्ट्रिय टोलीले विश्वकप छनौटको ब्राजिलबिरुद्धको खेलका लागि ब्राजिल जान यही बिमानको प्रयोग गरेका थिए ।

बार्सिलोनाका सुपरस्टार मेस्सीले त्यस जहाजका क्रु मेम्बर लगायत आफ्ना बार्सिलोनाका टिममेटसँग जाभियर मास्केरानोसँग सेल्फीसमेत लिएका थिए ।

त्यस खेलमा अर्जेन्टिना ब्राजिलसँग ३-० गोलले हारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?