Comments Add Comment

पश्चिमाञ्चल बिकास मञ्चद्वारा सामाजिक व्यक्तित्वहरुलाई सम्मान

paschim-bikas-manch

१५ मंसिर, काठमाडौं । धवलागिरी, गण्डाकी र लुम्बिनी अञ्चलमा जन्मेर राज्यको सेवामा समर्पित प्रतिष्ठित १६ व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सम्मान गरे ।

मुलुकको कार्यपालिका, न्यायापालिका र व्यवस्थापिका एवं सुरक्षानिकाय र व्यापार-व्यवसायमार्फत लामोसमयदेखि देशको सेवामा योगदान पुर्‍याएका पश्चिमाञ्चलका व्यक्तिहरु सम्मानित भएका हुन् ।

पश्चिमाञ्चल बिकास मञ्चका अध्यक्ष उद्योगी चन्द्र ढकालले कालीगण्डकी कोरिडोरलाई दक्षिणी छिमेकी मित्रराष्ट्र भारतको नाका सुनौली र उत्तरी छिमेकी मित्रराष्ट्र चीनको कोराला नाकासँग जोड्न सक्दा र व्यवस्थितगर्न सक्दा यस क्षेत्रको आर्थिक विकास हुने र जनताको जीवनस्तरमा सुधार आउने आउने बताए ।

वि.स. २०६२ मा स्थापनाभएको पश्चिमान्चल विकास मंचमाअहिले आजीवन र साधारण गरी २३१ आवद्ध छन् । गएको असारमा सम्पन्न मञ्चको नवौं अधिवेशनबाट चन्ऽप्रसाद ढकाल अध्यक्ष मानिर्विरोध चयन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment