+
+

किसानको गजल: रफ्तार बढाउनुअघि जिन्दगीको

किसान किसान
२०७३ मंसिर १५ गते १६:१७

कोको आएथे जिन्दगीमा कोको गए जिन्दगीबाट, सम्झना छैन
कहिले आएथ्यो दरार हामीबीच कहिले छुट्टिएँ तिमीबाट, सम्झना छैन !

kisanखै को होलान् ती अर्धमान्छे
जो मसँगै दौडिएका थे मान्छे बन्न,
म आज पनि सम्झिन चाहान्छु तर हिजोकै मितिबाट सम्झना छैन !

रफ्तार बढाउनुअघि जिन्दगीको सम्झनू कोही कुरिबसेको छ,
मलाई आवाज दिने को थियो भञ्ज्याङको चौतारीबाट, सम्झना छैन !

आँखाको चमक
, ओठको मुस्कान, गुमायो भन्ने हल्ला फिजाएछौ,
अपसोच, के पाएँ के गुमाएँ तिमीसँगको दुश्मनीबाट, सम्झना छैन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?