Comments Add Comment

पर्यटन बोर्डले थाल्यो ‘एक्सपिरियन्स नेपाल’ अभियान

Rara (5)
१५ मंसिर, काठमाडौं । एटिएम कार्ड सेवा प्रदायक कम्पनी अमेरकीन एक्सप्रेस र हिमालयन बैंक संग सहकार्य गर्दै पर्यटन बोर्डले नेपाल पर्यटन बोर्डले एक्सपिरियन्स नेपाल अभियान थालेको छ ।

बुधबार राजधानी आयोजित एक कार्यक्रममा बोल्दै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो अभियानले नेपालमा पर्यटन भित्र्याउन सहयोग पुग्ने बताएका छन् ।

३२ मुलुकका मानिसहरुलाई नेपालबारे जानकारी दिादै नेपालमा आउन अमेरकीन एक्सप्रेसले आग्रह गर्नेछ । त्यस्तै हिमालयन बैंकले विभिन्न रेडियो, टेलिभिजन तथा पत्रपत्रिका मार्फत यो अभियानको प्रचार प्रसार गर्ने छ ।

अमेरीकन एक्सप्रेसले भने आफ्नो वेबसाइटमार्फत नेपालको बारेमा जानकारी दिनेछ । साथै आफ्ना प्रयोगकर्तालाई पनि सन्देश पठाउादै यो अभियानको प्रचार गर्ने अमेरीकन एक्सप्रेस बैंकिङ ग्रुप भारतका प्रमुख मनाज अड्लाखाले जानकारी दिएका छनन् ।

कार्यक्रममा बोल्दै हिमालयन बैंकका सिइओ अशोक शमशेर जबराले यो अभियानले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।

उनले भने ‘नेपालमा पर्यटन भित्राउन यो अभियानले महत्वपुर्ण भूमिका खेल्ने छ र यसले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment