+
+

राजदूत उपाध्यायले बुझाए ओहदाको प्रमाणपत्र

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १६ गते १३:२५

१६ मंसिर, काठमाडौं । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

Deep-kumarराष्ट्रपति भवनमा बुधबार साँझ आयोजित विशेष समारोहमा राजदूत उपाध्यायले ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

सो अवसरमा राष्ट्रपति मुखर्जीले कार्य सफलताको शुभकामना दिएका थिए ।

गत भदौ १६ गते सरकारले उपाध्यायलाई राजदूत नियुक्तको निर्णय गरेको थियो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले सरकारविरुद्ध चलखेल गरेको आरोपमा उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?