+
+

बुटवलको शहिद स्मारक बन्दकर्ताको निशानामा, स्थिति तनावग्रस्त

विप्लव माओवादीको कार्यालयमा ढुंगा प्रहार

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७३ मंसिर १६ गते १७:३९

butwal-sahid-smarak
१६ मंसिर, बुटवल । सरकारले प्रदेश नम्बर पाँचको सीमांकन हेरफेर गरेर संविधान संशोधन विधयेक संसदमा दर्ता गरेको भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीले रुपन्देहीको बुटवलस्थित शहिद स्मारक भत्काएका छन् । बुटवलको पाल्पा बसपार्क नजिकै रहेको रातो घर -विप्लव माओवादीको कार्यालय)मा समेत प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् ।

आन्दोलनकारीले महेन्द्रपार्कमा रहेको शहिद स्मारक वरिपरीको रेलिङ भत्काएका छन् ।

butwal-aandolan

माओवादीले शहिदहरुको सम्झनामा सो स्मारक बनाएको हो । माओवादी नेतृत्वको सरकारले सीमांकन हेरफेर गरेको भन्दै आक्रोशित समूह शहिद स्तम्भ नै भत्काउन अघि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा बुटवल तनावग्रस्त बन्यो । आन्दोलनकारीले अस्पताल लाइनमा प्रहरीलाई चारैतिरबाट घेरा हालेर ढुंगा प्रहार गरेका थिए । प्रतिरक्षाका लागि प्रहरीले बल प्रयोग गर्दा भागदौड मच्चिएको थियो । भागदौडमा केहि आन्दोलनकारी घाइते भएका छन् ।

butwal-aandolan-2

अस्पताल लाइनमा सयौंको संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । बाक्लो संख्या सुरक्षाकर्मी तैनाथ गरेर स्तम्भलाई घेरेर राखिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मुकुन्द मरासिनी आफैं तनाव नियन्त्रणमा खटिएका छन् ।

butwal-aandolan-1

आन्दोलनमा खास नेतृत्वको अभावका कारण बन्द अराजक बन्दै गइरहेको छ । आन्दोलनकारी अराजक बनेपनि सुरक्षाकर्मीहरुले संयमता अपनाएका छन् ।

बुटवल बजार क्षेत्रमा आन्दोलनकारीले बिहीबार बिहानैदेखि सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । लगातार दुई दिनको बन्दले बुटवल र त्यस आसपासको जनजीबन कष्टकर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?