Comments Add Comment

विज्ञ भन्छन्: ह्याप्पी बर्थ डे गाउँदै हात धुनुस्, रोगबाट बँच्नुस्

यी हुन् राम्रोसँग हात धुने ५ चरण

hand-washतपाइँ दिनहुँ आफ्नो हात धुनु त हुन्छ नै तर हातमा रहेका ब्याक्टेरिया तथा अन्य संक्रमण फैलाउने किटाणुहरुलाई हटाउनका लागि कतिबेर सम्म हात धुनुपर्छ भन्ने चाहीँ सायद थाहा छैन ।

तर अब तपाइँले एकपटकमा हात धुँदा कति समयसम्म मिच्नु आवश्यक हुन्छ भन्ने कुरामा चिन्ता गरिरहनु परेन । कसैको बर्थडेमा गाउने ह्याप्पी बर्थ डे टु यु बोलको गित गाउँदै हात धुनुहोस्, टन्टै साफ । यो गित २ पटक गुनगुनाउँदा सम्म तपाइाको हात पूरै सफा भइसक्छ । गीत २ पटकसम्म पूरै गुनगुनाउँदा झण्डै ४५ सेकेण्डको समय लाग्दछ । हात सही तरिकाले सफा हुनका लागि पनि यति नै समयसम्म धुनु आवश्यक हुन्छ ।

बेलायत सरकारको स्वास्थ्य मामिला सल्लाहाकार डाक्टर जिना रेडफोर्डले हात धुने यस्तो नयाँ काइदा सुझ्याएकी हुन् ।

उनी भन्छिन् ः यदि हात धुने समयमा यो समयलाई ख्यालमा राखिएन भने यसले केवल संक्रमणको खतरा बढाउने मात्र होइन एन्टीबायोटिक प्रतिरोधी ब्याक्टेरियाको विकास गर्ने जोखिम हुन्छ । उनका अनुसार एन्टीबायोटिक प्रतिरोधको समस्यालाई त पछि पनि हटाउन सकिन्छ तर सुरुमै हुने संक्रमण हटाउनु पहिले जरुरी छ ।

विश्व स्वास्थ्य संगठनमा संक्रमण रोकथामका लागि बनेको ग्लोबल युनिटका संयोजक डाक्टर बेनेडेटा एलिग्रेन्जी भन्छन्, केवल अस्पतालमा मात्र होइन हाम्रो वरीपरी पनि प्रतिरोधक ब्याक्टेरिया रहेका छन् जसका कारण ज्वरो तथा झाडावान्ताबाट मानिसहरु संक्रमित हुन्छन् ।

यी किटाणुसँग लड्नका लागि सर्वप्रथम कसरी सही तरिकाले हात धुने भन्ने कुरा थाहा पाउनु आवश्यक हुने र बच्चा तथा बुढाबुढीलाई यो कुरा अझै महत्वपूर्ण हुने उनी बताउँछन् ।

प्यान अमेरिकी हेल्थ अर्गनाइजेसनका लागि साबुन पानीले हात धुनाले बच्चामा हुने झाडापखालालाई ५० प्रतिशतले कम गर्न सकिन्छ भने स्वासप्रस्वासको संक्रमण २५ प्रतिशतले घटाउन सकिन्छ । खासगरी दिसापिसाब गरिसकेपछि र खाना खानुअघि हात धुनु आवश्यक हुन्छ ।

हात धुने बानीले ज्वरो, रुघाखोकी र फूड प्वाइजनिंग जस्ता रोगबाट बचाउन सहयोग गर्छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार सही तरिकाले हात धुने ५ चरण यी हुन्;

· सुरुमा चिसो वा तातो पानी आउने धाराको तल राखेर हात भिजाउनुहोस्, पखाल्नुहोस् ।

· त्यसपछि हातमा साबुन लिएर हत्केलामा रगड्नुस् ।

· हत्केलाको पछाडिको भाग तथा नाडीमा पनि कम्तिमा २० सेकेण्ड साबुन दल्नुहोस् । यति गर्दासम्म हातमा रहेका किटाणु मर्दछन् । र यति बेलासम्म तपाइँले दुईपटक सम्म ह्याप्पी बर्थडे गुनगुनाइसक्नुभएको हुन्छ ।

· त्यसपछि धाराको तल हात राखेर हातको साबुन पूरै पखाल्नुहोस् ।

· अन्त्यमा हावामा हात सुकाउनुहोस् र सफा रुमाल तथा तौलियाले हात पुछ्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment