+
+

किरणलाई मदन-शीला सम्मान, नगेन्द्रराजलाई पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १७ गते १२:२०

काठमाडौं । यस वर्षको मदन-शीला साहित्यिक पत्रकारिता पुरस्कार ‘अभिव्यक्ति’ द्वैमासिकका सम्पादक नगेन्द्रराज शर्मालाई र मदन-शीला स्रष्टा सम्मान गीतकार किरण खरेललाई दिइने भएको छ !

nagendra-sharma-and-kiran-kharelमदन-शीला प्रतिष्ठानले घोषणा गरेको दुवै दुवै पुरस्कारको राशि एक लाख एक हजार रूपैयाँ छ । साढे चार दशकदेखि ‘अभिव्यक्ति’ प्रकाशन गर्दै आएका शर्मा हाल नेपाल साहित्यिक पत्रकार संघका सभापति छन् । गीतकार खरेलले लेखेका गीतहरुमा नारायणगोपाल, तारादेवी, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ जस्ता गायक-गायिकाले स्वर दिएका छन् ।

मदन-शीला प्रतिष्ठानले साहित्यकार तथा साहित्यिक पत्रकारको सम्मानमा गत वर्षबाट सो पुरस्कार दिन थालेको हो । गत वर्ष स्रष्टा सम्मान मदनमणि दीक्षित र प्रेमा शाहलाई दिइएको थियो भने साहित्यिक पत्रकारिता पुरस्कार ‘रचना’ पत्रिकाका सम्पादक रोचक घिमिरेले पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?