+
+

सीमांकन हेरफेरको बिरोधमा तीन दिनदेखि गुल्मी बन्द, सरकारी कामकाज पनि ठप्प

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १७ गते १४:३०

gulmi-banda

१७ मंसिर, गुल्मी । सरकारले प्रदेशको सीमांकन गरी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको बिरोधमा गुल्मीमा सरकारी कार्यालय बन्द गरिएको छ ।

अन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानीय राजनीतिक दल, बिभिन्न बिद्यार्थी संगठन लगायत स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा २ घण्टा धर्ना दिएर कार्यालय प्रमुख तथा कर्मचारीलाई प्रबेशमा रोक लगाए ।

आन्दोलनकारीले बजारसमेत बन्द गराएका छन् । बन्दको समयमा सवारी चलाएको भन्दै गुल्मीको तम्घासबाट ७ वटा मोटरसाइकल प्रदर्शनकारीले नियन्त्रणमा लिएका छन् ।

सरकारले संबिधान संशोधनमा पहाडी जिल्ला टुक्राएको बिरोधमा अनिश्चितकालीन गुल्मी बन्दको आज तेस्रो दिन जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम तम्घाससँगै ग्रामिण क्षेत्रका मूख्य बजार, कलकारखाना बन्द छन् भने जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी साधन चलेका छैनन् ।

अनिल खत्रीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?