+
+

भदौ १६ मा अनमोलको ‘कृ’ रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १७ गते १६:३९

anmol-and-aditi-budathoki-in-cri

फागुणको पहिलो साताबाट छायांकनमा जान लागेको नायक अनमोल केसीको नयाँ चलचित्र ‘कृ’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्रका निर्माता सुवास गिरीले आउँदो बर्षको भदौ १६ गतेबाट यो चलचित्र देशभर रिलिज हुने जानकारी दिएका छन् ।

सुवासले भने-‘हामीले छायांकन अगावै प्रदर्शन मिति तय गरेका छौ । भदौमा पर्ने विभिन्न सार्वजनिक बिदा र दशैलाई लक्षित गरेर भदौ १६ लाई प्रदर्शन मिति तय गरिएको हो ।’

यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । सुवास इन्टरटेन्मेन्टको निर्माण र द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा सुवास गिरी र नायक भूवन केसीको लगानी रहनेछ । चलचित्रको कार्यकारी निर्मातामा कमल गिरी, सह-निर्मातामा श्री पराजुली रहेका छन् ।

चलचित्रमा नायक अनमोल केसी र नव-नायिका अदिती वुढाथोकीको मुख्य भूमिका रहनेछ । यहि, चलचित्रका लागि नायक केसी अहिले शरीर बनाउन लागिपरेका छन् । जेठ २८ गते अनमोल अभिनित चलचित्र ‘गाजलु’ रिलिज भएको थियो । त्यसको करिब १५ महिनापछि अनमोलको नयाँ चलचित्र रिलिज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?