+
+

सलमान खानपछि भारतमा कपिल शर्माको खोजी

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १८ गते ११:४९

kapil sharmaकपिल शर्मा आजकल हरेक स्थानमा अगाडि देखिन थालेका छन् । गुगलमा सबैभन्दा धेरै खोजिने सेलिब्रेटिको लिस्ट निकालिएको छ । र, कपिल दोस्रो नम्बरमा परेका छन् ।

धेरै खोजि हुनेको पहिलो स्थानमा सलमान खान छन् । कपिल उक्त लिस्टमा सवै सेलिब्रेटिलाई पछि पार्दै दोस्रो नम्बर कब्जा गर्न सफल भएका छन् ।

कपिलपछि अमिताभ बच्चन, शाहरुख खान तथा अमिर खान छन् । कपिलले आफ्नो करियरको सुरुवात कमेडी शो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज-३’ बाट गरेका थिए । उनले शो जितेसँगै उनको टेलिभिजन दूनियाको यात्रा सुरु भएको थियो ।

कपिलले अहिलेसम्म ‘उस्तादका उस्ताद’, ‘कमेडी सर्कस’, ‘स्टार या रकस्टार’ जस्ता शो गरेका छन् । सन् २०१३ मा उनले ‘कमेडी नाइट्स विद कपिल’ नामक टेलिभिजन शो सुरु गरेका थिए । सन् २०१५ मा कपिलले ‘किस किसको प्यार करु’ बाट बलिउडमा इन्ट्री पनि मारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?