+
+

नेपाली फिल्मको प्रवर्द्धनमा सघाउन कपिल शर्मालाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १२:१८

काठमाडौं । फिल्म निर्देशक शोभित बस्नेतले नेपाली फिल्मको प्रवर्द्धनमा सघाउन भारतीय कमेडियन तथा अभिनेता कपिल शर्मालाई आग्रह गरेका छन् । यसमा उनले सकारात्मक जवाफ दिएको बस्नेतले बताए ।

उनी निर्देशित कमेडी फिल्म ‘बद्रीबहादुर’ चैत २३ गते प्रदर्शन तयारीमा छ । निर्देशक बस्नेत केही साताअघि मुम्बई गएका थिए । त्यहाँ उनले ‘कमेडी नाइट्स विथ कपिल शर्मा’को सेट पनि भिजिट गरे ।

सोही क्रममा कपिल शर्मा र आफूबीच फिल्मको विषयमा पनि कुराकानी भएको बस्नेतले जनाए । ‘उहाँले आफू नेपाली फिल्मको प्रवर्द्धनमा सघाउन तयार रहेको वचन दिनुभयो,’ बस्नेतले भने ।

रवि अधिकारी कार्यकारी निर्माता रहेको यो फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे निर्मातामा छन् ।

फिल्ममा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धीरेन शाक्य र वर्षा चौलागाईंको मुख्य भूमिका छ । विशेष भूमिकामा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् । फिल्मलाई काठमाडौं, लमजुङ, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?