Comments Add Comment

सुनसरी-मोरङ सिँचाइका नहर व्यवस्थित गर्न सुरु

१८ मङ्सिर, उर्लाबारी (मोरङ) । सुनसरी – मोरङ सिँचाइ योजनाले सहज रुपले सिँचाइ पुुर्याउन मर्मत सम्भार एवम् नहर व्यवस्थित गर्न सुुरु गरेको छ ।

योजनाले ५३ किलोमिटर मुुलनहर तथा शाखा नहरमा मर्मत सम्भारको व्यवस्थित गर्ने काम सुुरु गरेको हो । सुनसरीको चतरादेखि झमनपुुरसम्मको मूल तथा शाखा नहर सबैमा एकैपटक काम सुुरु भएको छ ।

sichaiमोरङ र सुुनसरी जिल्लामा सहज रुपले सिँचाइ पुुर्याउन योजनाले नहरमा पानी रोकेर काम सुरु गरेको हो । मर्मत सम्भारका लागि पानी रोक्नुु योजनाको बाध्यता रहेको कार्यालयले जनाएको छ ।

मङ्सिर १५ गतेदेखि नहरको मर्मतसम्भार एवम् विस्तारको काम सुुरु गरेको योजना प्रमुुख तारा पौडेलले बताउनुुभयो । उनका अनुुसार अहिले धान काट्ने सिजन भएकाले पानी छाड्दा धान भिज्ने र गहुँका लागि २०÷२२ दिनपछि मात्र पानी प्रयोगमा आउने भएकाले किसानको माग अनुुसारनै पानी रोकेर नहर मर्मतसम्भार एवम् सरसफाइको काम थालिएको हो ।

जल उपभोक्ता समितिले पनि अहिले खासै पानीको आवश्यकता नभएको जनाएको छ । नहरको काम सम्पन्न गरेर पुुस ९ गतेदेखि नहरमा पानी छाडिने योजना प्रमुुख पौडेलको भनाइ छ । नहरको पूर्णक्षमता ६० घनमिटर हो । नहर सफाइ नहुुुँदा क्षमताको आधामात्र नहरमा पानी आउने गरेको छ ।

नहरको काम सम्पन्न भएपछि नहरमा ३५ देखि ४० घनमिटर पानी बग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment