+
+

एनआरएनका दुई उपाध्यक्षसँग न्यूजील्याण्डमा अन्तरक्रिया

दुवैले भने, मिलेर जाने तयार छौं

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २० गते ७:२३

nz-1अकुल्याण्ड । गैरआवासीय नेपाली संघका उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्तलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् न्यूजील्याण्डले स्वागत गरेको छ ।

आइतबार  बिहान आयोजित कार्यक्रममा दुवै जना उपाध्यक्षले गैरआवासीय नेपाली अभियानका बिषयमा प्रकाश पारेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष भवन भट्टले आईसीसी गतिबिधि र बिदेशमा नेपाल प्रर्बद्धनका लागि भएका कार्यक्रमबारे जानकारी दिएका थिए । बिदेशमा आर्जेको सीप र यहाँको बलियो सिस्टमलाई नेपालमा लैजान गैरआवासीय नेपाली संघले भूमिका खेल्नुपर्नेमा उनको जोड थियो ।

अर्का उपाध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली संघले नेटवर्क विस्तार गर्दै सामूहिक  लगानीका लागि वातावरण बनाएको बताए । नेपालमा मात्र नभएर आफु बसेको मुलुकमा पनि सामूहिक लगानीको काम भइरहेको उनको भनाइ थियो ।

दुवै जना उपाध्यक्ष एकैपटक न्यूजिल्याण्ड आउनु चुनावी प्रचार अभियान हो कि भनेर सहभागीहरुले उठाएको प्रश्नमा पन्तले त्यसरी नबुझ्न आग्रह गरे । ‘ हामी दुई जना प्रतिस्पर्धी होइनौं, मिलेर जाने कुरामा बिश्वास गर्छौं, अन्तिम समयसम्म मिल्न कोसिस गर्ने छौं’ पन्तले भने, ‘एक बर्ष पहिले नै चुनावी गतिबिधि गर्दा संस्था कमजोर हुन्छ, त्यसो गर्नु हुन्न भन्नेमा हामी सचेत छौं ।’

भोलि कुनै पदमा रहे पनि नरहे पनि गैरआवासीय नेपाली अभियानमा सरिक भइरहने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ न्यूजिल्याण्डका अध्यक्ष बाबुराजा महर्जन, एनआरएन नेदरल्याण्डका अध्यक्ष हिमाल गुरुङ र एनआरएन आईसीसी सदस्य भुषण घिमिरेले पनि मन्तब्य राखेका थिए ।

अन्तरक्रियाका क्रममा दुवै उपाध्यक्षले गैरआवासीय नेपाली संघले निर्माण गर्न लागेको लाप्राक नमुना वस्ती, गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालय निर्माण र मानवीय राहत कार्यक्रममा सहयोग गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?