+
+

ट्यांकरमाथि अनुगमन सुरु, तेल फिर्ता लगेर भारतमै बेच्ने गरेको ठहर

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २० गते १५:०९

petrol (2)
२० मंसिर, काठमाडौं । उपत्यकाबाट बाहिरिने सबै पेट्रोलियम ट्यांकरहरुको अनुगमन सुरु भएको छ । उपत्यकामा डिजेलको माग र खपत ह्वात्तै बढेपछि ट्यांकरबाटै तेलको कालोबजारी भएको हुनसक्ने अशंकामा अनुगमन सुरु गरिएको आपूर्ति विभागका महानिर्देशक गोकुल धितालले अनलाइनखबरलाई जानकारी दिए ।

उपत्यका छाड्ने सबै ट्यांकरमा ग्रेज लगाएर तेल भए/नभएर हेर्न सुरु गरिएको हो । राजधानीमा लोडसेडिङ हुन छाडेपछि नेपाल आयल निगमले तेलको माग घट्ने प्रक्षेपण गरेपनि बजारमा मागको दर दोब्बर भएको छ र यसैका आधारमा तेलमा कालोबजारी भएको ठहर सरकारले गरेको छ ।

नेपालमाभन्दा भारतमा तेलको मूल्य महंगो भएकाले ट्यांकरहरुले तेल भारत नै पुर्‍याएर बिक्री गरेको ठअर आपूर्ति मन्त्रालयको छ । नेपालमा तेल सस्तो भएकै कारण नेपाली बजारबाट तेल लगेर भारतमा कालोबजारी गर्ने क्रम तीब्र भएको दावी आयल निगमको पनि छ ।

‘अहिले थानकोटमा विभाग र आयल निगमबाट खटिएका अधिकृतहरुले काठमाडौंमा तेल ल्याएर फर्किने ट्यांकी चेक जाँच गर्दैछन्’ महानिर्देशक धितालले भने,’२४ नै घण्टा सबै ट्यांकरलाई परीक्षण गरेरमात्रै पठाउन प्रहरीलाई पनि निर्देशन दिइएको छ ।’

उनकाअनुसार नागढुंगमा आइतबारदेखि टोलीले प्रहरीको सहयोगमा अनुगमन थालेको हो । ल्याएको सबै तेल नखन्याएर सेटिङमा भारत लगेर बेच्ने गरिएको दावी आयल निगमका अधिकारी पनि गर्छन् ।

नेपाल आयल निगमले वितरणका लागि दिएको तेल कतिपय पम्पधनीले सीधै सीमा क्षेत्रमा पुर्‍याउने गरेको आरोप उनीहरु लगाउँछन् ।

डिजेलको माग अप्रत्याशित

दैनिक साढे ५ सयदेखि ८ सय किलोलिटरसम्म डिजेलको माग हुने काठमाडौंमा अहिले दैनिक माग १६ देखि १८ सय किलोलिटरसम्म पुगेको आयल निगमे जनाएको छ ।

पेट्रोल पनि दैनिक ४ देखि ६ सय किलोलिटरसम्म माग छ । पेट्रोलको माग धानिरहेको आयल निगमलाई डिजेलको माग धान्न हम्मेहम्मे परेको छ ।

उपत्यकाबाहिर पनि तेलको माग उच्च छ । भारतीय सीमा क्षेत्रमा त झन तेलको माग अप्रत्याशित रुपमा उकालो लागेको छ । समान्यतयाः हिँउद सुरु भएपछि नेपालमा तेलको माग बढ्छ ।

लोडसेडिङ कम भएकै समयमा तेलको माग दोब्बर हुँदा आयल निगमका अधिकारी अचम्मित भएका छन् । देशमा कुल खपत हुने इन्धनको ३० देखि ४० प्रतिशत हिस्सा उर्जा अर्थात विद्युत उत्पादनमा खर्च हुन्छ ।

तर, जेनेरेटर चलाउनका लागि अहिले तेलको खपत निकै न्युन छ । यस्तो बेलामा पनि मागको उच्चवृद्धि भएपछि आयल निगमका अधिकारी कारण खोज्नतिर लागेका थिए।

पम्पमा पनि अनुगमन

तेलको कालोबजारी विरुद्ध खटिएको अनुगमन टोलीले ५ सय लिटरभन्दा बढी डिजेल लैजाने पम्पहरुमा पनि अनुगमन थालेका छन् । पम्पहरुबाटै पनि तेलको काालेबजारी भएको सूचना सरकारलाई प्राप्त भएको छ ।

‘अब उपत्यकाबाट डिजेल लगेर भारतमा बेच्ने क्रम रोकिन्छ’ धितालले भने,’ल्याएको तल पनि सबै नखन्याइ उतै लैजाँदा बजारमा डिजेलको माग असामान्य भएको ठहर गर्दै अनुगमनका लागि हिँडेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?