Comments Add Comment

परराष्ट्रमन्त्रीको गुनासोः कुटनीतिक सम्बन्धलाई आन्तरिक राजनीतिमा जोडियो

२० मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतले विदेशीसँगको सम्बन्धलाई आन्तरिक मामिलामा जोडेर व्याख्या गर्ननहुने बताएका छन् ।

Prakash-saran-mahatसोमबार पार्टी मुख्यालय सानेपामा नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महतले सरकारले छिमेकीसँगको सम्बन्धमा कुटनीतिक मर्यादा कायम गरेकाले त्यसलाई आन्तरिक मामिलामा जोडेर हेर्न नहुने नहुने धारणा राखेका हुन् ।

भारतको इसारामा सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको प्रमुख प्रतिपक्ष एमालेले आरोप लगाइरहेका बेला परराष्ट्रमन्त्रीले यसबारे सचेत गराएका हुन् ।

उनले अघिल्लो सरकारले अनावश्यक हल्ला मात्र गरेर राष्ट्रियताका कुरा उठाएपनि वर्तमान सरकारले विगतमा हुन नसकेका धेरै काम पूरा गरेको दावी गरे । मन्त्री महतले आफूले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विगतमा भारतसँग भएका सहमति कार्यान्वयनका लागि भारत सरकारको गम्भीर ध्यानाकर्षण गराइएको पनि जानकारी दिए ।

मन्त्री महतले विगतमा एमालेले सहमति गरेअनुसार नै सरकारले संविधान संसोधनको प्रस्ताव ल्याएकाले विरोध गर्नुको अर्थ नहुने तर्क गरेे । उनले सहमतिमै ल्याइएको संविधान संशोधन प्रस्तावको बिरोध गरेर प्रतिपक्षी एमाले र मधेसवादी दलहरुले अनावश्यक राजनीति गरेको टिप्पणी पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment