Comments Add Comment

टी टकः बिहे गरौं भन्नेलाई ब्लक नै हान्दिन्छुः जया ओझा(लेखिका)

jaya-ojha

जया ओझा अभिनयसँगै लेखनमा पनि सक्रिय छिन् । अपराध, शंका, परिबन्ध लगायतका टेलिश्रृङ्खलामा अभिनय गरेकि जयाले केही चलचित्रको स्त्रिmप्ट समेत लेखेकी छिन् ।
पछिल्लो समय ‘आवरण’ शीर्षकमा उपन्यास लेखेकी जया राम्रो भुमिका पाए मात्रै अभिनय गर्ने धारणा राख्छिन् । उनैसँग अनलाइनखबरले गरेको टी-टकः

बिहान कति बजे उठ्नुहुन्छ ?
म त चार बजे उठिसक्छु ।

किन यति चाडै ?
म त सधै नै यहि सेड्यूलमा हिड्छु । उठेपछि एकछिन ध्यान गर्छु । योगा गर्छु । कलेज पठाउने भएकाले ढिलोमा आठ बजे कलेज पुगी सक्नु पर्छ ।

ब्रेकफाष्ट के खानु हुन्छ ?
विशेष केहि हुन्न । प्राय ब्रेड खान्छु । ब्रेकफाष्ट बनाउने काम बहिनीले गर्छे ।

दिनमा कति जना मान्छेसँग भेटघाट गर्नु हुन्छ ?
त्यो त कसरि भन्नु । कति हुन्छ कति । कहिले त एकजनासँग पनि हुन्न ।

आजको सेड्युल ?
सार्वजनिक हुन लागेको मेरो उपन्यास ‘आवरण’माथि दिपकराज गिरी र दीपाश्री निरौलाले बोल्ने कार्यक्रम छ । उहाँहरुलाई उपन्यास दिन जाँदै छु ।

खासमा तपाई लेखिका हो कि नायिका ?
मेराे सुरुवातै लेखनवाट भएको हो । त्यसकारण म आफुलाई लेखिका भन्न चाहन्छु । केहि टेलिश्रृङ्खला र चलचित्रमा अभिनय पनि गरेकि छु ।

आवरण उपन्यास चााहि के मा केन्द्रित छ ?
यो विशेषत तेस्रो लिङ्गीका समस्यामाथि आाधारित छ ।

यो दुनियाँमा तपाईले नमस्कार गर्ने धेरै होलान् कि ? तपाइलाई नमस्कार गर्ने ?
मेरो त भेटेपछि जोसुकैलाई नमस्कार गर्ने वानी छ । मैले गर्नुपर्ने नै धेरै होलान् ।

फेसवुक कत्तिको चलाउनुहुन्छ ?
म सार्‍है थोरै चलाउँछु ।

ब्लक कतिलाई गर्नु भो ?
पुगे होला १२ सय जत्ति ।

किन यति धेरैलाई ब्लक गर्नु भएको ?
कमेन्टमा जे पायो त्यहि लेख्नेहरुलाई म तत्कालै ब्लक हान्दिन्छु । कतिचाँहि यस्ता हुन्छन्, म्यासेजमा म फ्यान भनेर कुरा सुरु गर्छन् । कुरा गर्दै जाँदा बिहे गरौं समेत भन्छन् ।

बिहे गरौं भन्ने बित्तिकै ब्लक हान्दिनुहुन्छ ?
त्यस्तो हैन । सुरुमा जस्तो म्यासेज पठाउनेलाई पनि राम्रो सुझाब दिन्छु । तर, सुझाब दिइसकेपछि पनि तपाई कती राम्री, बिहे गर्न पाए जस्ता कुरा गर्न थाल्छन् अनी त ब्लक हान्दिहाल्छु ।

यसपालीको हिंउँदमामा पनि आागनमा बाजा बज्ने छाँट छैन जस्तो छ नि ?
अँ मलाइ पनि त्यस्तै लाग्दैछ । एक्लै बिहे हुँदो रहेनछ । अर्को मान्छे भेटेकै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment