+
+

एघार किलो चरेससहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २६ गते ८:४४

२६ मंसिर, कञ्चनपुर । सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)ले कञ्चनपुरको बेदकोट नगरपालिकाबाट आज ११ किलो ५०० ग्राम चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।

क्षेत्रीय अनुसन्धान समूहका प्रहरी नायब निरीक्षक लोकराज भट्टको कमाण्डमा खटिएको टोलीले बेदकोट नगरपालिकाको लालपुर चौराहा नजिकैबाट चरेससहित वेदकोट नगरपालिका वडा नं १० का ३७ वर्षीय मोहन पन्त र सोही ठाउँका २२ वर्षीय नरेश डगौरालाई पक्राउ गरेको हो ।

विशेष सुराकीका आधारमा दुवैजनालाई चरेससहित पक्राउ गरिएको प्रनानि भट्टले बताए ।

शनिबार ५ बजेतिर पक्राउ परेका दुवैजनालाई आरआइटीको टोलीले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?