Comments Add Comment

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिको विवाद, शिक्षा मन्त्रालयको बैठक निश्कर्षविहीन

kathmandu-university-ku

२६ मंसिर, काठमाडौं । काठमाडौं विश्वविद्यालयमा नयाँ उपकुलपति (भीसी) कसलाई बनाउने भन्नेबारे शिक्षा मन्त्रालयमा बसेको छनोट समितिको बैठक विनानिश्कर्ष टुंगिएको छ ।

काठमाडौं विश्वविद्यालयका उपकुलपछि रामकण्ठ माकाजुको पदावधि आइतबार नै सकिँदैछ । तर, छनोट समितिले नयाँ भिसीका लागि प्रधानमन्त्रीलाई नाम सिफारिस गर्न सकेन ।

तीन पटकसम्म बैठक बस्दा पनि छनोट समितिले उपकुलपतिको नाम सिफारिस गर्न नसकेको हो ।

उपकुलपछि छनोट गर्ने समितिमा शिक्षामन्त्री धनीराम पौडेल संयोजक छन् भने सिनेट सदस्यमा पूर्वभीसी डा. सुरेशराज शर्मा र दमननाथ ढुंगाना छन् । तीनजना सम्मिलित समितिको आइतबार आयोजित बैठकमा भीसी नियुक्तिबारे विवाद भएको छ ।

स्रोतका अनुसार सिनेट सदस्य ढुंगाना र शर्मा डा. माकाजुलाई नै भीसीमा निरन्तरता दिनुपर्ने पक्षमा उभिएका छन् । तर, शिक्षामन्त्री पौडेल भने प्रा.डा. जनार्दन लामिछानेलाई भीसी बनाउने पक्षमा छन् । त्यसो त प्रधानमन्त्री प्रचण्ड पनि डा. लामिछानेकै पक्षमा छन् ।

छनोट समितिको सिफारिसका आधारमा प्रधानमन्त्रीले यसबारे निर्णय गर्नुपर्नेमा बैठक निश्कर्षविहीन भएपछि आइतबार अपरान्ह समितिका सदस्यहरु बैठक स्थगन गरी प्रधानमन्त्री कार्यालयमा उतै छलफल गर्ने भन्दै हिँडेको स्रोतले बतायो ।

यसअघि डा. गोविन्द केसीले माकाजुलाई उपकुलपछि बनाएर झापाको एउटा मेडिकल कलेजलाई सम्बन्धन दिन खोजिएको भन्दै माकाजूलाई निरन्तरता दिन नहुने प्रेस विज्ञप्ति जारी गरेका थिए ।

स्रोतका अनुसार डा. केसीजस्तै शिक्षामन्त्री पनि माकाजुलाई निरन्तरता दिन नहुने अडानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment