एकपछि अर्को हिट चलचित्र दिएपछि दर्शकको नजरमा परेकी नायिका बर्षा राउतले आफ्नो २३ औ जन्मदिन दर्शकसँग मनाएकी छिन् । उनी अभिनित चलचित्र ‘जात्रा’ र ‘छक्का पन्जा’ अहिले हलमा लागिरहेको छ ।
आज नायिकाको जन्मदिनको अवसर पारेर चलचित्र ‘जात्रा’ यूनिटले काठमाण्डौको कुमारी हलमा केक काटेर सेलिव्रेशन गरेको छ । कुमारी हलमा चलचित्र ‘जात्रा’ हेरेर निस्किएका दर्शकसँग बर्षाले केक काटेकी हुन् । उनले केक काटेर पहिले चलचित्रका मुख्य कलाकार विपिन कार्कीलाई खुवाइदिएकी थिइन् । यसपछि, उनले आफ्नो प्रेमी संजोग कोइरालालाई केक ख्वाइदिएकी थिइन् ।
‘नाई नभन्नु ल ४, छक्का पन्जा र जात्रा’को सफलताले हौसिएकी बर्षासँग दर्शकले सेल्फी खिचे र जन्मदिनको शुभकामना दिए । म्यूजिक भिडियो हुँदै चलचित्रमा आएकी यी सुन्दरीले यो सफलताले झनै हौसला मिलेको छ । उनी भन्छिन्-‘म एकदमै खुशी छु । अझ मिहिनेत गर्नुपर्छ भन्ने लागेको छ ।’
जन्मदिनको सेलिव्रेशनपछि अनलाइनखबरसँग कुरा गर्दै बर्षा र नायक संजोग कोइरालाले एक अर्काको प्रेम साटे । आफूहरु साथी जस्तो भएको र हरेक पल साथ दिने यी दुइले वाचा पनि गरेका छन् ।
बर्षा र संजोगसँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः
५ बर्ष अगाडि एक अर्कालाई भेटेका यी दुइले आजसम्म एक अर्कालाई ‘आइ लभ यू’ भनेका छैनन् । तर, पनि यी दुइमा सम्मान र प्रेम दुबै छ । बर्षाले जन्मदिनमा संजोगलाई प्रतिवद्धता व्यक्त गर्दै भनिन्-‘म तिमीलाई दुःख कहिल्यै पनि दिन्न ।’
तस्बिरः कमल प्रसाई
प्रतिक्रिया 4