Comments Add Comment

एपेक्स डिजिटल स्मार्ट स्टोरको शाखा दाङमा

apex-store
२९ मंसिर, काठमाडौं । एपेक्स डिजिटलको स्मार्ट स्टोर दाङको घोरहीमा पनि खुलेको छ । साताैं शाखाका रुपमा दाङमा स्टोर खुलेको हो ।

मैत्रिपुर्ण वातावरण र नयाँ प्रविधि आफ्ना ग्राहकहहरुबीच लिएर जानु नै स्टोरको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ । देशैभर ४० वटा स्टोरहरु खोल्ने योजनासगैं यसको सातौं स्टोर मंसिर २९ गते दाङस्थित घोराहिमा रहेको न्युरोड मा खुलेको छ ।

‘टच एण्ड फिल’ प्रणाली जडान गरिएको र एउटै स्थानमा विभिन्न ब्राण्डका मोबाइलहरु डिजिटल डिस्प्लेमा सजिलै अवलोकन गर्न र अनुभव गर्न सकिनेछ ।

स्टोरका ब्राण्ड म्यानेजर प्रकाश सुवेदीले भने, ‘८५० वर्गफीटको योे स्मार्ट स्टोरमा ग्राहकहरुले ब्राण्डहरु विच सजिलै तुलना गर्न र बुझ्न सक्ने हुँदा वास्तवमै नयाँ अनुभव र उत्कृष्ट सेवा प्राप्त गर्नका साथै खरिद गर्न सक्ने भएकाले सम्बन्धित सम्पुर्ण सबैलाई आमन्त्रण गर्न चाहान्छाैं ।’

सेल्स म्यानेजर प्रतिक ढुङ्गेलका अनुसार आइफोन, एचटीसी, सामसुङ, जोपो, जेटीइ, हुवावे, जाओमी, जिओनी, लेनेभो, लगायतका विभिन्न उत्कृष्ट ब्राण्डका फोन उपलब्ध छ ।

उद्घाटनको अवसरमा विभिन्न आकर्षक उपहार र विशेष छुट व्यवस्था गरिएको छ । ग्राहकले हरेक खरिदमा मोवाइल कभरका साथै टेम्पर ग्लास सित्तैमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

एपेक्स स्टोरबाट सामान खरिद गर्नेग्राहकहरुले ५ देखि ५० प्रतिशतसम्म नगद छुट प्राप्त गर्नुका साथै लक्की ड्र कुपनबाटबम्पर उपहार ३२ इन्चको एलइडी टिभी र स्कुटर प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment