Comments Add Comment

संविधान संशोधनको बिरोधमा लिम्बुवान बन्द

३० मंसिर, ताप्लेजुङ । संघीय लिम्बुवान पार्टी नेपालले आहृवाहान गरेको बन्दका कारण ताप्लेजुङसहित पूर्वको नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

limbuwan-mapसंविधान संशोधन गरी पूर्वी नेपालका नौ जिल्लालाई लिम्बुवान प्रदेश राख्नुपर्ने, झापा, मोरङ र सुनसरीलाई टुक्राई अर्को प्रदेशमा राख्न नहुने र देशमा मौलाइरहेको भ्रष्टाचार नियन्त्रणको माग गर्दै पार्टीले आज एक दिने पूर्व बन्दको आहृवाहान गरेको हो ।

बन्दको कारण विहानै देखि ताप्लेजुङ सहित पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीमा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । बन्दमा एम्बुलेन्स र मोटरसाइकललाई भने चल्न दिने पार्टीले जनाएको छ ।

सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावमा लिम्बुवान प्रदेशको विषयलाई नसमेटेकोमा आफूहरुको मूख्य असन्तुष्टि रहेको संघीय लिम्बुवान पार्टी नेपाल ताप्लेजुङका अध्यक्ष कुमार साम्यू -लिम्बु) ले बताए ।

उनले यो पहिलो चरणको आन्दोलन भएको र लिम्बुवानको विषयलाई सरकारले बेवास्था गरे चरणबद्ध आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment