+
+

‘छन्द-पराग’ लिएर देवी नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १ गते ७:३४

chhanda-parag-devi-nepal

काठमाडौं । एक समय थियो, कसैले कविता लेख्न सिक्ने रहर गर्दा यो जोकोहीको वशको कुरा होइन भनेर पन्छाइन्थ्यो । साहित्य र कलालाई जन्मजात प्रतिभा र केही हदसम्म साधनाबाट तिखार्ने विषय मान्दै यिनलाई सबैको पहुँचको विषय मानिँदैन थियो ।

पछिल्लो समय त्यो मानसिकता बदलिँदै कवितागजल प्रशिक्षणका धेरै कार्यक्रम हुन थालेका छन् । यही क्रममा कविताको लघुदेखि बृहत्तर रुपसम्मका संरचना विधान सिकाउने गरी डा. देवी नेपालले छन्दपराग नामक पुस्तक ल्याएका छन् ।

घोष्ट राइटिङ नेपाल संस्थाले चलाएको सिर्जनात्मक लेखन प्रशिक्षण कक्षामा कृतिको फरक शैलीमा लोकार्पण गरियो । कवि नेपालले सो संस्थाका अध्यक्ष कमल ढकाललाई आफ्नो कृतिको पहिलो कपी हस्तान्तरण गर्दै सार्वजनिकीकरणको घोषणा गरियो ।

छन्दपरागमा कविताको लघु रुप हाइकु, ताङ्का, सोदोका,छोक, एलाक, रुवाईयात, गजल, सायरी, दोहा लगायतको व्याख्या गर्दै लेख्ने तरिका पनि सिकाएको छ । यस्तै,कविताको मध्यम रुप खण्डकाव्य र बृहत् रुप महाकाव्य सहितका उदाहणसहितको व्याख्या पनि समेटिएको छ ।  

पुस्तकमा छन्दको छुट्टै खण्ड राखिएको छ । वार्णिक,मात्रिक, लोक, मुक्त, बहर र अंग्रेजी कविताको लयविधान गरी तीन सय ८० वटा छन्दको लक्षण र उदाहरण दिँदै लेखनसीप पनि सिकाइएको छ । 

तीन सय ६८ पृष्ठको पुस्तक ऐेरावती प्रकाशनले छापेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?