+
+

जाजरकोटमा टेलिफोन सेवा अवरुद्ध

रासस रासस
२०७३ पुष १ गते १०:४७

Telephone
१ पुस, जाजरकोट। जिल्लाका पूर्वी क्षेत्रका स्थानीयवासी तीन हप्तादेखि टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।

रुकुमको घेत्मामा रहेको टावरमा खराबी आएपछि यहाँका बासिन्दा सञ्चारसेवाबाट वञ्चित भएका हुन् । जिल्लाका खगेनकोट, लहँ, डाडागाउँ, सक्ला, आठविसकोट, आठविसडाडागाउँ, खदी, गोतामकोटलगायत गाविसका बासिन्दा टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।

टेलिफोन सेवासँगै यस क्षेत्रमा रहेका आइएमई सेन्टरको सेवा समेत प्रभावित भएको छ । नेपाल टेलिकम जाजरकोटले मर्मतका लागि प्राविधिक खटाएको जानकारी दिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?