+
+

तेह्रथुमको संक्रान्ति बजारमा आगलागी, आगो नियन्त्रण बाहिर

रविन भट्टराई रविन भट्टराई
२०७३ पुष १ गते १२:४०

aaglagi-terathum-1

१ पुस, ताप्लेजुङ । तेह्रथुमको संक्रान्ति बजारमा अहिले भिषण आगलागी भइरहेको छ । अग्नि सेंढाईको घरबाट सुरु भएको आगोले अन्य पाँच वटा घर समेत जलेर नष्ट भएको स्थानिय जीबन उप्रेतीले बताए ।

आगो नियन्त्रणका लागि अहिले स्थानिय, प्रहरी र एउटा स्काभेटर प्रयोग गरिएको भए पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिन स्काभेटरले अन्य घरहरु भत्काइरहेको उप्रेतीले बताए ।

aaglagi-terathum-2

सो क्षेत्रमा दमकल र पानीको स्रोत नभएकाले आगो नियन्त्रणमा लिन समस्या भएको प्रहरीले बताएको छ । आज सो स्थानमा हाट बजार लागेकाले बजार आएकाहरु पनि आगो नियन्त्रणमा जुटेका छन् ।

aaglagi-terathum

संक्रान्ति बजारमा करीब एक सय ५० घर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?