+
+

चीनले अमेरिकी ड्रोन चोरेको हो, फिर्ता चाहिँदैनः ट्रम्प

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ३ गते १०:२९

donald-trump-us-president

३ पुस, काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि अमेरिकी ड्रोन चोरीको आरोप लगाएका छन् र, उक्त ड्रोन अमेरिकालाई फिर्ता नचाहिने बताएका छन् ।

चिनियाँ नौसेनाले दक्षिण चीन सागरमा आफ्नो ड्रोनलाई नियन्त्रणमा लिएको अमेरिकाले दाबी गरेको छ । र, यसलाई फिर्ता गर्न चीन सहमत भएको पेन्टागनले बताएको थियो ।

पेन्टागनका प्रवक्ता पिटर कुकले भने, ‘चीन प्रशासनसँग सम्पर्क गरेर हामीले यो सुनिश्चित गरेका छौं कि चीन अमेरिकालाई यूयूवी  (मानवरहित समुन्द्री वाहन) फिर्ता गर्नेछ ।’

ट्रम्पले भने ड्रोन फिर्ता लिन नहुने बताएका छन् । उनले भने, ‘चीनलाई भन्नुपर्छ कि हामीलाई त्यो ड्रोन चाहिँदैन, जसलाई उस (चीन)ले चोरेको थियो । उसैसँग राखोस् ।’

यसअघि ट्रम्पले ट्वीट गर्दै भनेका थिए, ‘अन्तर्राष्ट्रिय जल सीमामा चीनले अमेरिकाको नेवी रिसर्च ड्रोन चोरेको छ । त्यसलाई पानीबाट निकालेर चीन लगेको छ । यस्तो कहिल्यै भएको थिएन ।’

ट्रम्पले यो महिनाको सुरुवातमा ताइवानका राष्ट्रपतिसँग फोनवार्ता गर्दै चीनबारे अमेरिकी नीतिलाई तोडेका थिए, जसको चीनले कडा शब्दमा विरोध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?