+
+

गुल्मी १९ औं दिन पनि ठप्प, सिडिओ कार्यालयमा पाँच नम्बर प्रदेशको बोर्ड झुण्डाइयो

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ३ गते १३:१८

gulmi-cdo-office-talabandi
३ पुस, तम्घास । सरकारले पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरसहित ल्याएको संविधान संशोधन प्रस्तावको बिरोधमा गुल्मी सदरमुकाम तम्घास १९ औं दिन पनि बन्द हुँदा जनजीबन कष्टकर बनेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीसहित अधिकांश सरकारी कार्यालय बन्द छन् । यातायात, बजार, कलकारखाना सबै ठप्प छन् । लगातारको बन्दले सर्बसाधारणको दैनिकी अस्तव्यस्त बनेको छ ।

गुल्मीमा जिल्ला प्रशासन कार्यालय सहित, जिल्ला बिकास समितिको कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, जिल्ला शिक्षा कार्यालय, सिंचाइ कार्यालय, बिद्युत कार्यालय लगायतका अधिकांश कार्यालयमा तालाबन्दी भएको छ । कार्यालयमा काम गर्न नपाएपछि कर्मचारीहरु दिनभर टुँडीखेलमा घाम तापेर घर फर्किन बाध्य छन् ।

आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा प्रदेश नम्बर ५ को बोर्ड र नेपालको झण्डा पुनः राखेका छन् । गुल्मीमा शुक्रवार प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा सो बोर्ड हटाइएको थियो । तर, आइतबार पुनः बोर्ड झुण्ड्याइएको छ ।

gulmi-cdo-office-5-pradesh

आन्दोलनकारीले प्रशासनको मुख्य गेट अगाडि नाराबजीसहित धर्ना दिँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि मा प्रदर्शनकारीले नाराबाजी गरिरहेकाले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

जिल्ला सदरमुकाम तम्घाससँगै ग्रामीण भेगका मुख्य बजार तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् । विरोध कार्यक्रममा ‘सिमांकन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति संशोधन प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरिरहेका छन् ।

गुल्मीको आन्दोलनमा उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, नागरिक समाज, नेपाली कांग्रेस, एमाले, माओवादी केन्ऽ, राप्रपा, जनमोर्चा, अखण्ड नेपाल, नयाँ शक्ति, परिवार दल लगायत ११ दलको समर्थन र ऐक्यबद्धता रहँदै आएको छ । सरकारले ५ नं. प्रदेश टुक्र्याउने प्रस्ताव संसदबाट फिर्ता नल्याएसम्म सबै दल एकताका साथ अघि बढ्ने निर्णय भएको संयुक्त आन्दोलन समिति गुल्मीले जनाएको छ ।

– अनिल खत्रीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?