Comments Add Comment

थिएटर मलमा ‘भोको घर’

bhoko-ghar

काठमाडौं । मध्यमवर्गीय परिवारमा आर्थिक अभावले कस्तोसम्म समस्या निम्त्याउँछ ? संकटमा सपनाले कतिसम्म घुमाउरो बाटो पार गर्ने सामर्थ्य बोक्दै जीवन धान्छ ? काठमाडौंको मध्यमवर्गीय परिवारको कथा बताउनेभोको घर नाटक सुन्धारास्थित थिएटर मलमा मञ्चन भइरहेको छ ।

गोविन्दबहादुर मल्ल गोठालेले ०३४ सालमा लेखेको एकाङ्कीलाई केदार श्रेष्ठले परिकल्पना र निर्देशन गरेका हुन् ।

कुनै घरमा जब आर्थिक संकटले जाल बिछ्याउँछ, अभाव र भोकले रन्थनिएका आत्माहरुको सुरबेसुर प्रकट हुन थाल्छ । भोको घरले त्यही सुरबेसुरलाई विभिन्न पात्रमार्फत व्यक्त गरेको छ ।

भोकले गाँजेको परिवारमा घरमुलीदेखि अन्य सदस्यहरुमा थरीथरी भोक छ । कसैलाई एक गेडा चामलको ठूलो पहाडले थिच्छ, कोही सबथोक भुलेर अलौकिक परीकथामा सयर गर्छन् ।भोको घरले यही पारिवारिक विचित्रतालाई संयोगको रुपमा जोड्दै कारुणिकता पैदा गरेको छ ।

पात्रहरुको सपना बन्ने र टुट्ने क्रमसँगै उनीहरुको परिस्थितिले दर्शकलाई घरि हँसाउँछ भने घरि मुटु भारी पार्छ । नाटकमा आकाश मगर, शान्ति गिरी, सुदाम सीके, सञ्जीता सञ्जी र अभय बरालको अभिनय छ ।

गत शुक्रबारदेखि मञ्चन सुरु भएको नाटक बुधबारबाहेक हरेक दिन साँझ पाँच बजे मञ्चन हुँदै छ । शनिबार दिउँसो साढे एक बजे पनि अतिरिक्त शो राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment