+
+

इन्धनको मूल्यबृद्धि फिर्ता लिन विप्लव माओवादीको माग

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ४ गते ११:३७

४ पुस, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले इन्धनको मूल्यबृद्धि फिर्ता लिन माग गरेको छ । नभए आन्दोलन गर्ने उसको चेतावनी छ ।

BIplavविप्लवले सोमबार विज्ञप्ति जारी गर्दै मूल्य बृद्धि फिर्ता लिन माग गरेका हुन् । कच्चा तेलको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढेको आयल निगमको तर्क गरेको छ । तर, विप्लव माओवादीले भनेको छ, विगतमा तोकिएको मूल्य नै अझ पनि बढि रहेको छ ।’

उसले अघि भनेको छ, हिजो अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियम पदार्थको ५० प्रतिशत मूल्य घट्दा केवल ५० पैसा, रु.१ का दरले मात्र घटाउने गरेको थियो । तर अहिले प्रतिव्यारेल केवल २ डलर मात्र बढ्दा प्रतिलिटर रु.४ बढाइएको छ ।

यसरी अत्याधिक मूल्य बृद्धि गर्नु आयल नगिमले गर्दै आएको घोटला, राज्यसञ्चालकहरुले गर्दै आएको भ्रष्टाचार र कालोबजारीलाई टेवा पुर्‍याउनु बाहेक अरु कुनै कारण छैन ।’

मूल्य बृद्धिले जनताको दैनिक जीवनलाई झनै कष्टकर बनाएको भन्दै माओवादीले आन्दोलन गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?