+
+

राप्रपाद्वारा अहिलेसम्म ७० जिल्लामा एकीकरण सम्पन्न

रासस रासस
२०७३ पुष ५ गते ११:१७

kamal-thapa-and-pashupati-shamsher

५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ७० जिल्लामा एकीकरण सम्पन्न गरेको छ । सो पार्टी तथा राप्रपा नेपालका बीचमा गत मंसिर  ६ गते एकीकरण भएपछि दुवै पार्टीको जिल्ला तहदेखि नै एकीकरण सुरु गरिएको हो ।

गत मंसिर २५ गतेभित्र जिल्ला तहको एकीकरण पूरा गर्ने भनिएको भए पनि प्राविधिक कारणले निर्धारित समयमा एकीकरण प्रक्रिया पूरा गर्न नसकिएको पार्टीका महामन्त्री टंक ढकालले जानकारी दिए ।

विभिन्न १२ जिल्लामा दुई पार्टीका बीचमा कसले नेतृत्व लिने भन्नेबारेमा विवाद समेत भएको थियो । त्यस्ता विवादित जिल्लामा महाधिवेशनको समय अवधिसम्म आलोपालो गरी दुवै पक्षबाट नेतृत्व लिने समझदारी कायम भएको छ ।

पार्टीले तत्कालीन पाँचै विकास क्षेत्रमा आधारित भई क्षेत्रीय बैठक तथा सभा समेत सुरु गरिसकेको छ । गत मंसिर ३० गतेदेखि यही पुस १८ गतेसम्म बैठक तथा सभा जारी रहने पार्टीका नेता देवेन्द्र प्रधानले जानकारी दिए ।

अब करिब एक साताभित्र एकीकरण सम्पन्न गरी महाधिवेशनका लागि प्रतिनिधि छनोटलगायत आवश्यक अन्य तयारी गरिनेछ । आगामी फागुनमा महाधिवेशन गर्नका लागि निर्णय भइसकेको छ ।

मुलुकको चौथो शक्तिका रुपमा स्थापित सो पार्टीमा अहिले ३७ सांसद छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?