+
+

रुसी राजदूत हत्याकाण्डबारे ट्रम्पले भनेः सोच बदल्ने बेला आयो

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ५ गते ११:५३

donald-trump-us-president

टर्कीको राजधानी अंकारामा एक व्यक्तिले सोमबार टर्कीका लागि रुसका राजदूतको हत्या गरे ।

आक्रमणकारीले अल्लाह अकवरको नारा लगाए र सिरिया युद्ध तथा अलेप्पोको सन्दर्भ उठाए । हत्यापछि सामाजिक सञ्जालमा संसारभरका नेताहरुले यस घटनाबारे प्रतिक्रिया दिएका छन् ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट् गरेका छन् कि, ‘आज टर्की, स्वीट्जरल्याण्ड र जर्मनीमा चरमपन्थी हमला भए र अवस्था चिन्ताजनक हुँदै गइरहेको छ । “सिभिलाइज्ड वर्ल्ड”ले आफ्नो सोच बदल्ने बेला भएको छ ।’

अष्ट्रेलियाका प्रधानमन्त्री म्याल्कम् ट्रनबुलले ट्वीट गरे, ‘अष्ट्रेलियाली सरकार गएको रात बर्लिनमा भएको हमला र टर्कीमा रुसी राजदूतको हत्याको कडा शब्दमा निन्दा गर्दछ । हामीलै अहिले थुप्रै चरमपन्थी हमला देखेका छौं । म अष्ट्रेलियाली नागरिकलाई आश्वास्त पार्न चाहन्छु कि हाम्रा प्रहरी र सुरक्षा एजेन्सी संसारमै उत्कृष्ट छन् ।’

न्युयोर्कस्थित टर्की दूतावासले ट्वीट गरेको छ कि, ‘हामी राजदूत कार्लोफको मृत्युमा शोकाकुल छौं । उनी टर्कीका मित्र थिए । उनको हत्या टर्की र रुसको सम्बन्धमाथिको हमला हो ।’

turky

पाकिस्तानी राजनेता अन्दलिव अब्बासले ट्वीट गरे, ‘टर्कीमा रुसी राजदूतको हत्याले प्रमाणित भएको छ कि सिरिया युद्धको योजना कति नराम्रो छ भनेर । अफगानिस्तान र इराकबाट कसैले सवक लिएका छैनन् ।

संयुक्त राष्ट्रसंघका लागि जापानी राजदूतले ट्वीट गरेका छन्, ‘संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद टर्कीको अंकारामा रुसी राजदूतको हत्याको कडा शब्दमा निन्दा गर्दछ ।’

यजीदि महिला कार्यकर्ता नादिया मुरादले ट्वीट गरेकी छन्, ‘म राजदूत आन्द्रे कार्लोफको हत्याको निन्दा गर्दछु । चरमपन्थीको जरै उखेलेर फाल्नुपर्छ ता कि हामी शान्तिसँग रहन सकुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?