+
+

अरुण काबेलीको सेयर बाँटफाँट आज, सानामा गोलाप्रथा र ठूलालाई करीब २ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ५ गते १२:१४

५ पुस, काठमाडौं । अरुण काबेली पावर लिमिटेडले आज मंगलवार सेयर बाँडफाँट गर्ने भएको छ । ४३ गुणा (१२ अर्ब रुपैयाँ)को आवेदन परेको कम्पनीले साना लगानीकर्तालाई लटरी प्रथाबाट सेयर बाड्ने सम्भावना रहेको बुझिएको छ ।

स्रोतअनुसार कम्पनीले ५०देखि तीन सय ५० कित्तासम्म सेयर माग गर्नेलाई लटरी प्रथाबाट छनौंट गरेर सेयर बाँड्ने भएको छ ।

shareयसरी छनौट हुने लगानीकर्ताले १० कित्ता सेयर पाउने सम्भावना छ ।

त्यस्तै, तीन सय ५० देखि पाँच सय कित्तासम्म सेयरको लागि आवेदन दिनेले करीब साढे दुई प्रतिशतको दरमा सेयर पाउने छन् ।

अर्थात् पाँच सय कित्ता माग गर्नेले १३ कित्ता सेयर पाउने सम्भावना छ । यता पाँच सय कित्ताभन्दा बढी सेयर माग्ने ठुला लगानीकर्ताले समानुपातिक रुपमा करीब २ प्रतिशतको दरमा सेयर पाउने छन् । अर्थात् पाँच सय १० कित्ता माग्नेले १० कित्ता सेयर पाउने छन् ।

आज मध्यान्न करिब ३ बजेतिर सिद्धार्थ क्यापिटलमा सेयर बाँडफाँट हुने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?