+
+

टेलिकमका पोष्टपेड प्रयोगकर्ताले रिचार्ज सिस्टमबारे जान्नैपर्ने १० कुरा

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ५ गते १५:०१
ntc-msg
एसएमएसकाे नमूना मात्रै

५ पुस, काठमाडौं । नेपाल टेलिकमको पोष्टपेड चलाउनेहरुलाई बिलिङ प्रणाली नबुझ्दा धेरै समस्या पर्छ । क्रेडिट रकम, रिचार्ज सिस्टम लगायतका बारेमा धेरै जना अनविज्ञ जस्तै छन् । यसका केही महत्वपूर्ण कुराहरु केही छन्, जसले यसबारे बुझ्न सजिलो हुनेछ ।

नेपाल टेलिकमले मोवाइल सेवाको लागि पि्र-पेड र पोष्ट पेड गरी दुईवटा बिलिङ प्रक्रिया अपनाएको छ । प्रि-पेड बिलिङ प्रक्रिया अन्तर्गत कल गर्दा समयमा नै कुल बिल रकम हिसाब गरी ब्यालेन्स रकमबाट कट्टा गरिन्छ ।

१. कहिले तयार हुन्छ बिल ?

पोष्ट पेड बिलिङ प्रक्रिया अन्तर्गत प्रत्येक कल बराबरको रकमलाई अनबिल एमाउन्टका रूपमा लेखाङ्कन गरिन्छ र महिनाको अन्त्य (सामान्यतया प्रत्येक अंग्रेजी महिनाको १५ तारिख मध्यरात) मा मात्र बिल तयार गरिन्छ ।

२. तिर्नु पर्ने बिल

बिल तयार भएपछि तिर्नुपर्ने दायित्वलाई तिर्न बाँकी बिल भन्ने बुझिन्छ । जस्तो मंसिर मसान्तसम्मको बाँकी तिर्न रकमको बिल नै अनपेड बिल हो ।

बिल तयार भइसकेको तर भुक्तानी गर्न बाँकी रकमलाई अनपेड बिल भनिन्छ । उदाहरणको लागि डिसेम्बर २२ मा अनपेड बिल १४२५ रुपैयाँ छ भने डिसेम्बर १४सम्मको बिल मध्ये १४ सय २४ भुक्तानी गर्नुपर्छ ।

NTC-Logo३. बिलमा नअटेको रकम

हरेक महिनाको एकपटक मात्र बिल तयार हुने भए पनि सिस्टमले भने प्रत्येक कलको हिसाब राखेको हुन्छ खर्च भएको तर बिलमा नचढेको रकम नै अनबिल्ड रकम हो ।

उदाहरणको लागि डिसेम्बर २२मा अनबिल्ड एमाउन्ट २४८ छ भने ग्राहकले डिसेम्बर १५ भन्दापछि उपभोग गरेको सेवाबापत तिर्नुपर्ने रकम २४८ रुपैयाँ भन्ने बुझाउँछ ।

महिनाभरका अनबिल्ड एमाएन्ट को आधारमा महिनाको अन्त्यमा बिल तयार गरिन्छ ।

४. बाँकी शुल्क वा रकम

अनपेड बिल र अनबिल्ड एमाउन्टको योग नै ड्यू एमाउन्ट हो । यस्तो रकमको बारेमा जानकारी लिनको लागि स्टार ४ सय ह्यासट्याग डायल गरेर वा सीबी टाइप गरेर १४१५ मा एसएमएस पठाएर जानकरी लिन सकिन्छ । त्यस्तै १४९८ मा फोन गरेर पनि यस्तो जानकारी लिन सकिन्छ ।

५. क्रेडिट लिमिट के हो ?

पोष्टपेड ग्राहकले अधिकतम कल गर्न पाउने सीमा नै क्रेडिट लिमिट हो । सिम लिँदा क्रेडिट लिमिटबापत बुझाएको रकम बराबरको कल सीमा नै क्रेडिट लिमिट हो ।

जस्तो हाल पोष्टपेड नयाँ सिम लिँदा ३८० रुपैयाँ यस्तो लिमिट बापतको शुल्क तिर्नुपर्छ ।

यस्तो रकमको बारेमा जानकारी लिनको लागि स्टार ४ सय हृयासट्याग डायल गरेर वा सीबी टाइप गरेर १४१५ मा एसएमएस पठाउन सकिन्छ । त्यस्तै १४९८ डायल गरेर पनि यो जानकारी प्रँपत गर्न सकिन्छ ।

६. न्यूनतम शुल्कबारे

टेलिकमको पोष्टपेड प्रयोगकर्ताले सेवा प्रयोग गरेपनि/नगरेपनि बुझाउनैपर्ने रकम न्युनतम् शुलक हो । हाल टेलिकमबाट यो रकम ३ सय, ५ सय र ९ सय रुपैयाँ राख्न सकिन्छ ।

७. लाइन काटिन्छ किन ?

सामन्यतयाः महिनाको अन्त्यतिरमात्र बिल तयार हुने भएतापनि बीचमा पनि बाहिर जाने फोनलाइन काटिन सक्छ । तिरेको क्रेडिट लिमिट सकिएपछि त्यस्तो हन्छ ।

८. रिचार्ज गर्दा पनि लाइन नखुल्ने ?

कहिलेकाहीँ रिचार्ज गर्दा पनि लाइन काटिराख्छ । तिरेको रकमले ऋणात्मक क्रेडिट रकम घटेर धनात्मक नभएसम्म यस्तो हुन्छ । रिचार्ज गरेपछि क्रेडिट चेक गरे यो समस्याबाट मुक्ति मिल्न सक्छ ।

९. रिचार्ज भयो, ड्यू घटेन

रिचार्ज गर्दा ड्यू एमाउन्ट घटेन भने अघिल्लो महिनाको तिर्न बाँकी बिल भुक्तानी भएपछि मात्र कम हुन्छ ।
बिल तिरिसकिएको छ र अर्को बिल तयार भएको छैन भने रकम नघटेर रिचार्ज एड्भान्स रकममा जम्मा हुन्छ क्रेडिट लिमिट बढ्छ ।

१०. ड्यू बढ्नु र क्रेडिट लिमिट घट्नु

ग्राहकले जति धेरै सेवा प्रयोग गर्छन् त्यति बाँकी रकम वृद्धि हुन्छ । क्रेडिट सीमा घट्दै जान्छ भने अर्कोतिर बिल तयार हुँदा न्यूनतम सेवा शुल्कभन्दा धेरै खर्च हुनेहरुको ड्यू रकम अकस्मात बढ्छ ।

ntc-question-answer

(स्रोतः नेपाल टेलिकम)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?