Comments Add Comment

टिप्परको ठक्करबाट टेम्पो चालकको मृत्यु

५ पुस, काठमाडौं । काठमाडौंको चावहिलमा टिप्परको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ ।

accidentबिहान साढे १० बजेको समयमा मित्रपार्कबाट चावहिलतर्फ जाादै गरेको बा ४ ख ४९२६ नम्बरको टिप्परले सडक पार गर्दै गरेकी झापा सताशीधामकी ३२ वर्षीया कला भट्टराई क्षेत्रीलाई ठक्कर दिएको थियो ।

टिप्परको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लाने क्रममा बाटोमै मृत्यु भएको गौशाला प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले टिप्परले भट्टराईलाई बाटो काट्ने क्रममा चाबहिलको मित्रपार्कमा ठक्कर दिएको जनाएको छ । मृतक भट्टराई पेशाले टेम्पो चालक हुन् ।

ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment