+
+

डा. भट्टराई भन्छन्- संघीयता गुम्ने खतरा छ, सडक र सदनमा सहकार्य गरौं

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ५ गते १८:३६

५ पुस, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई संघीयता पक्षधरबीच सहकार्य गर्न प्रस्ताव राखेका छन् । अन्यथा संघीयता गुम्नसक्ने खतरा औंल्याउँदै उनले सडक र सदन दुवै मोर्चामा सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताए ।

baburam-bhattaraiराष्ट्रिय युवा अभियानले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा भट्टराईले संघीयता, शासकीय स्वरुप लगायतका उपलब्धि गुम्न नदिन आफ्नो पार्टी सडक र सदन दुवै मोर्चामा सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।

‘संघीयता र अन्य विषय सँगसँगै शासकीय स्वरुपको विषयमा पनि संविधान संशोधन गर्नको निम्ति हामीले सहकार्य गर्‍यौं,’ डा. भट्टराईले भने, ‘सदनभित्र र आवश्यक पर्छ भने सडकबाट जनदबाव सिर्जना गर्नको निम्ति पनि हामी संयुक्त रुपमा अघि बढौं यो प्रस्ताव म सबै दलका साथीहरुलाई गर्न चाहान्छु ।’

परिवर्तनकारी शक्तिहरुबीच बलियो एकता नभए संघीयता गुम्नसक्ने खतरा उनले औंल्याए ।

भट्टराईले नेपालको हरेक परिवर्तन विदेशीको समेत सहमतिमा टुंगिने गरेकाले राष्ट्रिय स्वाधिनता र सार्वभौमिकतामा हस्तक्षेप हुने गरेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?