+
+

दर्शनबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठी

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ५ गते १८:५२

darshan-seminar

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानले आफ्नो हीरक जयन्ती प्रवेशको अवसरमा माल्टा विश्वविद्यालयसँगको सहकार्यमा राजधानीमा दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गरेको छ ।

सोमबार प्रतिष्ठानमा आयोजित सङ्गोष्ठीमा नेपालका साथै चीन, भारत, बंगलादेश, इन्डोनेसिया, ग्रिस, स्पेन, अमेरिका लगायत मुलुकका १६ जना विद्वानले कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालका डा. चैतन्य सुब्बा, विष्णु प्रभात, निर्मलमणि अधिकारी र दिनेश भुजूले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सङ्गोष्ठीमा मन्तव्य राख्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पहिलो पटक देश-विदेशका विद्वानले एकै थलोमा कार्यपत्र प्रस्तुत गर्नुलाई ऐतिहासिक कार्य भन्दै यस्ता प्राज्ञिक कार्यले अन्तर्राष्ट्रिय जगतमा वैचारिक दूरी कम गर्न सहयोग पुग्ने दाबी गरे ।

प्रतिष्ठानका दर्शन विभाग प्रमुख प्रा. दिनेशराज पन्तले विश्वका विद्वान-विदुषीहरूको सहभागिता रहेको दर्शन सङ्गोष्ठी उपलब्धिमूलक रहेको बताए ।

माल्टा विश्वविद्यालयका दर्शन विभाग प्रमुख प्रा. डा. क्लाउड म्यानजोनले आगामी दिनमा पनि यस्तो सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा उनले ‘ईश्वरीय अस्तित्व’बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?