+
+

तिवारी हत्याको २४ घण्टाः कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

सलमान खान सलमान खान
२०७३ पुष ५ गते २१:१७

police

५ पुस, भैरहवा । नेकपा एमाले सम्वद्ध युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको २४ घण्टा वितेको छ । र, प्रहरीले घटनामा संलग्न भएको भनिएको मोटरसाइकल बरामद गर्नुका साथै शंकास्पद तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरी अधिकारीहरुका अनुसार घटनाको अनुसन्धानमा चलिरहेको छ । मनोज पुनले आफूले हत्या गराएको दाबी गरेको र पुरानो रिसइबी भएकाले अनुसन्धान उनीतिर त सोझिने नै भयो, प्रहरीले अर्को बाटोबाट पनि अनुसन्धान गरिरहेको छ ।

सोमबार दिउँसो करिब ३ बजे देवदह नगरपालिकाको खैरेनी बजारमा अज्ञात समूहले तिवारीको गोली हानी हत्या गरेको थियो ।

durga-tiwari-deathघटना भएको भोलिपल्ट प्रहरीले रातो रंगको बा ५१ प ८०७३ नम्बर मोटरसाइकल बरामद गरेको छ, जुन तिवारीका हत्याराले प्रयोग गरेको प्रहरीका अनुमान छ । १ सय ५० सिसीको प्लसर मोटरसाइकल प्रहरीले घटनास्थलदेखि दक्षिण पश्चिमी मणिग्रामको कान्छी बजार क्षेत्रबाट (घटनास्थल देखि करिब ३ किलोमिटर टाढा) बरामद गरेको छ ।

गोली प्रहार गरेर भाग्ने क्रममा उनीहरुले भित्री बाटोको प्रयोग गरेको र राजमार्गमा प्रहरी चेकजाँच, सुरक्षागस्ती कडा देखेपछि मोटरसाइकललाई स्टार्ट अवस्थामै छाडेर भागेको देखिएको रुपन्देही प्रहरीले बताएको छ ।

प्रहरीले मोटरसाइकल धनीको खोजी थालेको छ । र, अनुसन्धानको अर्को पाटो भने तिवारीको मोबाइलसँग जोडेर थालिएको छ । कल डिटेलका साथै भाइबर र फेसबुकको म्यासेन्जरमा आएका सन्देशहरुको अध्ययन थालिएको रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवंम प्रवक्ता बेल बहादुर पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।

‘कल डिटेललाई बेसिक आधारमा बनाएर अनुसन्धान सुरु गरेका छौँ डिएसपी पाण्डेले भने, घटनामा प्रयोग भएको मोटरसाइकल समेत बरामद गरिसकेका छौँ , यसले अनुसन्धान प्रस्तत मार्ग छ भन्ने आशा लिएका छौँ ।’

२४ घण्टाभित्र ३ जना पक्राउ

[sam_list]  घटनाको २४ घण्टा भित्र प्रहरीले शंकास्पद ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ३ जना रुपन्देहीकै हुन् । र, उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

र, उनीहरुसगँ घटनाको विषयमा सोधपुछ जारी छ । स्रोतका अनुसार पक्राउ परेकाहरु सगँ सोधपुछ जारी रहेको र घटनाको विषयमा कुनै ठोस बयान दिएका छैनन् ।

प्रहरीले बुटवल, देवदह क्षेत्रका अपराधिक क्रियाकलापमा संग्लन व्यक्तिहरु माथि निगरानी राखेको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो ।

‘विदेशी नम्बर’को पनि छानबिन

तिवारीको हत्यापछि मनोज पुनले ‘विदेशी नम्बर’बाट देवदहको एक स्थानिय व्यक्तिलाई फोन सम्पर्क गरेर हत्या आफुले गराएको बताएका थिए । फोन आएको समयमा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीसँगै थिए र सो संवाद डिएसपी मरासिनीले सुनेका थिए ।

फोन आएको नम्बरको इन्टरनेटको सहयोगमा गरे जस्तो देखिएपनि उक्त फोन कललाई गम्भिरताका साथ लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी पाण्डेले बताए ।

मृतक तिवारीको शवको पोष्टमार्टम भोलि हुने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?