Comments Add Comment

दुबइ अवार्डमा नजाने कलाकारको नाम बेच्दै नेफ्टा, अनमोललाई अवार्डको आश्वासन

anmol kc
नेपालमा अहिले चलचित्र अवार्डको लहर नै चलेको छ । विभिन्न नाममा अवार्डको आयोजना गर्ने क्रम चलेपछि अहिले मिडिया, कलाकार र दर्शकले यसप्रति चासो देखाउन पनि छाडेका छन् ।

यतिमात्र होइन, अवार्डमा पुग्ने कलाकारको संख्या पनि विस्तारै घटिरहेको छ । अवार्डमा अहिले कलाकार पुग्न नै छाडेका छन् । यो बर्ष नै आयोजना भएका धेरै अवार्डमा कलाकारको संख्या कम हुनुले पनि अवार्डप्रति कलाकर्मीले चासो देखाउन छाडेका छन् भन्ने प्रष्ट हुन्छ ।

शुक्रबार दुबइमा आयोजना हुन लागेको ‘नवौ नेफ्टा अवार्ड’को तयारी अहिले अन्तिम चरणमा पुगेको छ । आयोजकले तयारीका लागि भन्दै व्यवस्थापन टिमलाई दुबई पठाइसकेको छ भने कलाकारको टोली बिहिबार दुबई जाँदैछ । नेपाली चलचित्रलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउन यस्तो अवार्डले सहयोग गर्छन् भन्ने आयोजकको विश्वास छ ।

तर, दुबई अवार्डमा सहभागी नै नहुने कलाकारको नाम समेत प्रचार गरिएको पाइएको छ । आयोजकलाई सुरुवातमै अवार्डमा सहभागी नहुने जानकारी गराएका नायक अनमोल केसीको नाम समेत वेचिएको पाइएको छ ।

अनलाइनखबरसँग सम्पर्क गर्दै नायक भूवन केसीले भने-‘अवार्डमा अनमोल र म सहभागी हुँदैनौ । तर, दुबइमा भने हामी दुई आउँदैछौ भनेर टिकट वेचिएको रहेछ । म हाम्रा शुभचिन्तक र फ्यानहरुलाई अवार्डमा सहभागी नहुने जानकारी गराउँछु ।’nefta-award

भूवनले भने-‘अवार्डमा सहभागिताका लागि आग्रह गर्दै नेफ्टाका अध्यक्ष र महा-सचिव हाम्रोमा आउनु भएको थियो । तर, हामीले अवार्डले नेपाली चलचित्रको विकास र विस्तारमा टेवा पुग्ने भन्दै सफलताको शुभकामना दिएका छौ । तर, अनमोल र मैले अवार्डमा सहभागी हुन नसक्ने जानकारी पहिले नै गराएका थियौ ।’ आफ्ना साथीहरुले दुबइमा आफूहरु पनि आउन लागेको जानकारी दिएपछि झस्किएको भूवनले जानकारी दिएका छन् ।

अनमोलले चलचित्र ‘कृ’को लुक्स सार्वजनिक गर्न नमिल्ने भन्दै आफू सार्वजनिक कार्यक्रममा नजाने आयोजकलाई पहिले नै बताएका थिए । उनले अवार्ड सफलताको शुभकामना दिदै अवार्डमा जान नसक्ने बताएका थिए । भूवनले भने, आफू भर्खरै अमेरिकाबाट आएको भन्दै अहिले अवार्डमा सहभागी हुन नसक्ने जानकारी आयोजकलाई गराएका थिए । तर, आयोजकले भने अनमोल केसी आउँदैछन् भनेर प्रचार गरिरहेको छ ।

भूवनले अनमोल र आफ्ना फ्यानलाई यो बिषयमा नझुक्किन पनि आग्रह गरेका छन् । अवार्डमा अन्य नाम चलेका कलाकार पनि सहभागी नहुने वुझिएको छ । तर, उनीहरुको तस्बिर राखेर प्रचार गरिएको छ । नायक दयाहाङ राई, सौगात मल्ल, नायिका रेखा थापा, प्रियंका कार्की लगायतका कलाकार पनि अवार्डमा सहभागी नहुने वुझिएको छ । तर, उनीहरुको नाम प्रचार सामाग्रीमा समावेश छ ।

भूवनका अनुसार, अनमोललाई नेफ्टाले ‘पपुलर स्टार अफ द इयर’को अवार्ड दिने आश्वासन दिएको थियो । यस्तै, भूवनलाई पनि कुनै गरिमामय अवार्ड दिने बताएको थियो ।

यसको अर्थ के, अवार्डमा सहभागी भएमात्र कलाकारले अवार्ड पाउने हुन् ? यदि, अवार्डका लागि योग्य भएको खण्डमा सहभागी नभएपनि पाउनु पर्ने होइन ? यसै त, नेपालका धेरै अवार्ड पाउनेले भन्दा पुग्नेले पाइरहेका छन् । यसमाथि, सहभागी भएको खण्डमा यो अवार्ड र त्यो अवार्ड दिन्छौ भन्नु कतिसम्म जायज होला ?

नेपाली चलचित्रको अन्तरराष्ट्रिय बजार विस्तारका लागि यस्ता खालका अवार्डले पक्कै टेवा पुर्‍याउने छन् । तर, अवार्डमा जानका लागि कलाकारलाई यो अवार्ड र त्यो अवार्ड दिन्छु भन्नु, सहभागी नहुनेले अवार्ड नै नपाउनु, सहभागी नहुने कलाकारको नाम समेत प्रचार गर्नु के जायज होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment