Comments Add Comment

एमालेको पछि नलाग्न कांग्रेस कार्यकर्तालाई निधिको निर्देशन

bimalendra-nidhi

६ पुस, गुल्मी । गृहमन्त्री एवम् कांग्रेस नेता बिमलेन्द्र  निधिले संविधान संशोधनको विरोधमा नलाग्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले नेकपा एमालेको उक्साहटमा नलाग्न र पार्टी निर्णयको पक्षमा वातावरण बनाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।

गुल्मीको भाडगाउँमा बुधबार आयोजित एक कार्यक्रममा नेता निधिले एमाले संघीयता बिरोधी पार्टी भएको आरोप लगाउँदै भने, ‘झुटको खेती गरेर आन्दोलनमा लाग्नेहरुबाट सतर्क रहनुस् । पार्टीको निर्णयविपरित नलाग्नुस् ।’

निधिले सरकारले ल्याएको सीमांकन हेरफेरको प्रस्ताव गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही लगायत जिल्लाबासीहरुकै हितमा रहेको दाबी गरे ।

नेकपा एमालेले अनावश्यक आन्दोलन चर्काएको र संसदलाई समेत चल्न नदिएर संसदीय प्रणालीलाई अवरोध गरेको भन्दै उनले यसो गर्नु राष्ट्रियहित विपरित हुने टिप्पणी गरे । नेता निधिले एमालेलाई तुरुन्त संसद चल्न दिई मन नपरेका बिषयमा छलफल गरी निकास खोज्न सुझाए ।

संविधानले गणतन्त्र, संघीयता, समाबेसी, धर्मनिरपेक्षतालगायतका उपलब्धी संस्थागत गरेकाले त्यसको संरक्षण गर्न सबै पार्टी लाग्नुपर्ने बताए ।

गुल्मीमा भएको आन्दोलनमा घाइतेहरुप्रति श्वास्थ्य लाभको कामना गर्दै उपचारको व्यवस्था मिलाउन पहल गर्ने आश्वासन समेत दिए ।

कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँडले सीमांकन हेरफेरमा जनताको असहमति आउनु स्वाभाबिक रहेको भन्दै तर पार्टी निर्णयलाई सर्बोपरि ठानेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा वनमन्त्री एवम् कांग्रेस नेता शंकर भण्डारी, वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचन, कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, ज्ञानेन्द्र कार्की, रुपन्देहीका सांसद अब्दुल रज्जाक, गुल्मी क्षेत्र नम्बर १ का सांसद डा. कृष्ण छन्तेल लगायत सहभागि थिए ।

– अनिल खत्रीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment