Comments Add Comment

भूकम्पबाट क्षति भएका घरको प्राविधिक अध्ययन हुँदै

Engineer
७ पुस, भोजपुर । भोजपुरमा भूकम्पबाट क्षति भएका घरको प्राविधिक अध्ययनका लागि यही पुस १५ गतेदेखि काम सञ्चालन हुने भएको छ ।

भूकम्पीय आवास पुनःनिर्माण आयोजनाका उप–निर्देशक नारायणप्रसाद श्रेष्ठ सहितको टोलीले बुधबार भोजपुर सदरमुकाममा आयोजित सरोकारवालासँगको अन्तरक्रियामा यस्तो बताएको हो ।

भोजपुरमा दुईहजार तीनसय ५५ घर क्षति भएको अघिल्लो तथ्याङ्क भएपनि पछिल्लो समयमा १० हजार चारसय २६ घर क्षति भएको तथ्याङ्क प्राप्त भएको उपनिर्देशक श्रेष्ठले बताए ।

यसैबीच, सरकारले दिन लागेको अनुदानले मात्रै प्राधिकरणको मापदण्डभित्र रहेर घर निर्माण गर्न नसक्ने भोजपुका भूकम्पपीडितको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment