+
+

बर्षाको काखमा छोरी, बिहे कहिले ?

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ७ गते १२:२७

barsha-with-chori
नायिका बर्षा राउत अहिले आफू खुबै व्यस्त भएको बताउँछिन् । हुनत, ‘जात्रा र छक्का पन्जा’को सफलता सेलिव्रेशनमा पुग्दैमा उनलाई फुर्सद छैन । उनै, नायिका वुधबार ‘छक्का पन्जा’को सेलिव्रेशनमा एक सानी नानीसँग देखिइन् । आखिर, को हुन् त बर्षाको काखमा भएकी सानी नानी ?

तपाइले, चलचित्र ‘छक्का पन्जा’ हेर्नुभएको छ भने, तस्बिरमा देखिएकी सानी नानीलाई पक्कै देख्नुभयो होला । चलचित्रमा उनी बर्षाकी छोरीको भूमिकामा देखिएकी छिन् । पिकनिकमा पनि बर्षा सानी नानीलाई देख्ने वित्तिकै उत्साहित भइन् र तस्बिर खिचाइन् ।

पर्दामा आमा बनिसकेकी राउत रीयल लाइफमा भने कहिले आमा बन्नेछिन् त ? उनले भनिन्-‘अहिले नै बिहे गर्न मन छैन । तर, बच्चाको भने रहर छ । त्यो पनि छोरी ।’

उनलाई छोरी साह्रै मनपर्छ । छोरीले लगाउने लूगा पनि चिटिक्कको हुने उनको भनाई छ । तर, अहिले नै बिहे गरेर फक्रदो करिअरलाई रोक्न चाहन्नन् उनी । बिहे गरेपछि धेरै नायिकाको करिअर रोकिएको उनले पनि देखेकी छिन् । प्रेमी संजोग कोइरालासँग सार्वजनिक कार्यक्रममा पुग्ने राउत अझै धेरै काम गर्न बाँकी छ भन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?