Comments Add Comment

सिल्क रोडले जोड्ने देशमा परम्परागत औषधि प्रयोग गरौंः शोधकर्ता

परम्परागत औषधिबाट विश्वका ४ अर्ब बढी जनसंख्याले लाभ लिन सक्ने

silk-road८ पुस, काठमाडौं । सिल्करोडले यातायातमा मात्रै होइन, एशियाको मौलिक विशेषता रहेको परम्परागत औषधिको प्रयोगमा समेत विश्वलाई जोड्न सक्ने अनुसन्धानकर्ताहरुको ठहर छ । युवा शोधकर्ता एवं वैज्ञानिकहरुको समूहले देशको आर्थिक विकासका लागि सिल्क रोडमार्फत परम्परागत औषधिको प्रर्वद्धन गर्न जोड दिएका छन् ।

चीनको साङ्सी प्रान्तको जियाङ्गमा बुधबार सम्पन्न ‘सिल्क रोड योङ्ग स्कोलार्स फोरम’ नामक दुई दिने सम्मेलनमा बोल्दै उनीहरुले देशको परम्परा तथा संस्कृति धान्नका लागि पनि सिल्क रोडमार्फत परम्परागत औषधिको प्रवर्द्धन तथा विकास गर्न जरुरी रहेको निश्कर्ष निकालेका हुन् ।

जियान मेडिकल विश्वविद्यालयमा कार्यरत चीन-नेपाल फ्रेण्डसीप मेडिकल रिसर्च सेन्टरका निर्देशक नेपाली युवा प्रोफेसर राजीवकुमार झाले रयासनयुक्त औषधिका कारण स्वास्थ्यमा परेको प्रतिकुल प्रभावका कारण सर्वसाधारणमा परम्परागत औषधीतर्फ चासो बढ्दै गएको बताए

सो दुई दिने सम्मेलनमा चीन, नेपाल, रसिया, क्यानाडा, अमेरिका लगायतका विभिन्न देशका युवा वैज्ञानिक तथा वौद्धिक प्रतिनिधिको सहभागिता थियो ।

बुधवार सकिएको सम्मेलनमा बोल्दै उनीहरुले गुणस्तरीयता, सुरक्षा तथा प्रभावकारिताका कारण पछिल्ला केही वर्षहरुमा परम्परागत औषधिको माग बढ्दै गएको बताए ।

रसायनिक औषधिको विकल्प जरुरी

‘वान बेल्ट वान रोड’ सँग सम्बन्धित देशहरुमा डब्लुएच्ओ परम्परागत औषधिको रणनीति तथा सहयोग’ शीर्षकमा आˆनो कार्यपत्र प्रस्तुत गर्दै चीनको साङ्सीमा अवस्थित जियान मेडिकल विश्वविद्यालयमा कार्यरत चीन-नेपाल फ्रेण्डसीप मेडिकल रिसर्च सेन्टरका निर्देशक प्रोफेसर राजीवकुमार झाले रयासनयुक्त औषधिका कारण स्वास्थ्यमा परेको प्रतिकुल प्रभावका कारण सर्वसाधारणमा परम्परागत औषधीतर्फ चासो बढ्दै गएको बताए ।

झाले सिल्क रोडमार्फत परम्परागत औषधिको उचित प्रवर्द्धन तथा विकास गर्न सकिए ४ अर्ब ३० करोड भन्दा बढी जनसंख्यामा यसको पहुँच रहने बताए । यद्यपि उनले यो दाबीलाईसहित सावित गर्ने गुणस्तर, गुणात्मक संख्या तथा चिकित्सकीय प्रमाणका अभावमा यसलाई अघि बढाउन नसकिने बताए ।

डा.झाले परम्परागत औषधिको प्रर्वद्धनका तथा समन्वयका लागि यससम्बन्धी विशेषज्ञ, विद्यार्थी तथा स्वास्थ्यकर्मीहरु बीच आदान-प्रदान कार्यक्रमको आयोजना हुनुपर्नेमा जोड दिए ।

परम्परागत औषधिको सम्पदा सूचीमा एशिया धनी मानिन्छ । यहाँ प्रयोग भएका अधिकांश औषधि लोकपि्रय छन् ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हाल परम्परागत औषधिको प्रवर्द्धनका लागि विभिन्न देशहरुसित सहकार्य गरिरहेको छ, ता कि यसको सुरक्षित तवरले प्रभावकारी रुपमा प्रयोग हुन सकोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment